शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फलफुल तथा तरकारी बजारमा सनराइज बैंकको क्यु.आर.कोड सेवा
बैशाख ११, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख ११ - 
लहानलाई स्मार्ट बनाउन सनराइज बैंकले आफ्नो सकरात्मक क्रियाकलापलाई अगाडी बढाउने क्रममा सनराइज बैंक लहान शाखाले औपचारिक कार्यक्रम गरेर शहिद चौकमा अवस्थित तरकारी बजारका प्रतेक पसलमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।सिरहा जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले सनराइज बैंकले एकैदिन लहानका तरकारी तथा फलफूल पसलहरूमा क्यूआर कोड हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित औपचारिक कार्यक्रम मार्फत सनराइज बैंक प्रदेश २ का प्रमुख रोहित महासेठको अध्यक्षता तथा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य र शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख र बैंकका कर्मचारीहरुको उप्स्तिथिमा क्यूआर कोड वितरण गरेका छन्। उक्त क्युआर कोड सेवा सुरु भएसँगै उपभोक्ताले तरकारी, फलफूल खरिद गर्दाको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.