9 Views
फिरोज शेख लहान २०७८ श्रावन ४ -
सिरहाको लहानमा होण्डा GRAZIA को BSVI मोडललाई लहानमा सार्वजनिक भएको छ। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिंग कम्पनी लिमिटेडले लहानमा अवस्थित शिव ट्रेडिंग एण्ड सप्लायर्स होण्डा मोटरसाइकल शोरुममा एक कार्यक्रमको आयोजना गरि समाजसेवी तथा शिव ट्रेडिंग एण्ड सप्लायर्सका संचालक हरेराम यादव र सत्यनारायण यादवको हात बाट होण्डा GRAZIA को BSVI मोडलको स्कुटर सार्वजनिक गरेका छन्। शिव ट्रेडिंग एण्ड सप्लायर्सका म्यानेजर मोहम्मद साहिदका अनुसार आकर्षक र स्टाइलिस लुक भएको GRAZIA - १२५ सिसिको नयाँ BSVI मोडलमा व्यवहारिक फिचरहरु थप गरि पूर्णरुपमा रि-डिफाइन गरिएको छ। १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिड़ोमोटरमा माइलेज फिचर उपलब्ध रहेको छ। यस फिचर अन्तर्गत ग्राहकले स्कुटरले दिने रियल टाइम माइलेज ,एभरेज माइलेजका साथै डिस्टयान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्ने म्यानेजर साहिदले बताए।
कम्पनीले दिएको जानकारी अनुसार होण्डाको PGM -FI ( प्रोग्राम फ्युल इन्जेसन ) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ। त्यस्तै GRAZIA को यस नयाँ BSVI DLX मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि Idling stop रहेको छ,भने नयाँ BSVI STD मोडलमा इन्जिन स्टार्ट-स्टोप स्विच रहेको छ। यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर ,ACG सहितको साइलेन्ट स्टार्ट ,ESP टेक्नोलोजीको साथ HET इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ। रेड ,ग्रे,ब्लायक र सिल्भर रङहरुमा नेपाली बजारमा उपलब्ध GRAZIA BSVI DRS मोडलको मुल्य रु.२ लाख ६९ हजार ९ सय रहेको छ,भने GRAZIA BSVI DDS मोडलको मुल्य रु.२ लाख ८९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ।