शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टेर्रा अटो ( TA4 ) लहानमा सार्वजनिक
भाद्र २, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ३ - 
टेर्रा मोटर्स जापानको लहानका लागि आधिकारिक बिक्रेता श्याम इन्टरप्राइजेजले एक कार्यक्रमको आयोजना गरि टेर्रा अटो ( TA4 )   सार्वजनिक गरेको छ | श्याम इन्टरप्राइजेजका संचालक शुभाष जयसवालको अध्यक्षता,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज यादव बनैता ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक फिरोज शेख, जनमत पार्टीका केन्द्रिय सदस्य बालेश्वर यादव ,जिल्ला ट्राफिक प्रहरी कार्यलय सिराहाका प्रहरी  हवल्दार बिनोद कुमार कुशवाहा ,ई-रिक्सा सिटि संघका अध्यक्ष मनोज मण्डल ,ई -रिक्सा इकाई कमिटि अध्यक्ष राम टहल साहको आतिथ्यता सम्पन्न कार्यक्रममा विभिन्न संघ -संस्थाका प्रतिनिधि तथा ई-रिक्सा चालकहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि तथा अतिथिहरुले टेर्रा अटो ( TA4 ) को सफलताको कामना गर्दै चालकहरुलाई चालक प्रमाण-पत्र लिएर मात्र सवारी साधन चलाउन ,रिक्सा वा अटोमा दररेटको सुची राखन,ट्राफिक ट्राफिक प्रहरीलाई समय-समयमा चालकहरुलाई जनचेतना जगाउने कार्यक्रम गर्न ,अनिवार्य मास्क लगाउन, प्यासेन्जरलाई पनि मास्क विना ई-रिक्सामा नबसाउन अनुरोध गरेका थिए। 

नेपालमा बढ्दो वायु प्रदुषण, अटो चालकहरुको पेट्रोल अटो प्रतिको बितृष्णा तथा खस्कदै गएको अटो चालकहरुको प्रतिदिन आम्दानीलाई ध्यानमा राखी पेट्रोल अटो भन्दा पनि दमदार, बढी माईलेज दिने, पहाडी भूभाग सुहाउँदो, ७ जनाको सिट क्षमता भएको अत्यन्त आकर्षक इलेक्ट्रिक अटो लहान बजारमा ल्याएको श्याम इन्टरप्राइजेजका संचालक शुभाष जयसवालले जानकारी गराए | संचालक जयसवालका अनुसार  जापानी कम्पनि टेर्रा मोटर्सको धेरै अध्ययन अनुसन्धान पश्चात नेपाली बजार सुहाउँदो इलेक्ट्रिक तिन-पांग्रे अटो सार्वजनिक गर्न सफल भएको हो | यो अटो हाल नेपालमा उपलब्ध भएका अटोहरु मध्ये अत्यन्त उत्कृस्ट रहेको बताउदै कमसल गुणस्तरका इलेक्ट्रिक रिक्सा चलाएर वाक्क भएका रिक्सा चालकहरुलाई ध्यानमा राखेर उत्कृष्ट मेटल बडी तथा च्यासिस, भिडियो प्लेयर तथा क्यामेरा, ७ जनाको सिट क्षमता, हाइड्रोलिक ब्रेक, आरामदाई ६ इन्चको गद्दा भएको सिट, १५०० वाटको मोटर तथा १४० एम्पियरका ५ वटा ब्याट्री सहित नेपालभरी बिक्रि गर्ने कम्पनीको लक्ष्य अनुरुप लहानमा पनि सार्वजनिक गरिएको हो |

जापानी प्रबिधिबाट निर्मित दमदार मोटर तथा जस्तो सुकै उकालोमा पनि पेट्रोल अटो सरह चढ्न सक्ने भएकाले यस इलेक्ट्रिक अटोले तराईमा मात्र होइन पहाडमा पनि राम्रो बजार लिनेमा कम्पनि ढुक्क छ | साथै नेपालमा उपलब्ध अटोहरु मध्ये सबैभन्दा आरामदाइ अटो टेर्रा मोटर्स भएको कम्पनीको दाबी रहेको छ | लहान बजारमा यो अटो हाल निलो र रातो रंगमा उपलब्ध छन। यो अटो हाल लिड एसिड ब्याट्रीमा उपलब्ध भए पनि, भविष्यमा लिथियम ब्याट्रीमा पनि यो मोडेल उपलब्ध हुने कम्पनीले जनाएको छ | नेपालभरी डिलर संजाल रहेको फेयर अटो प्रालिले यस अटोलाई रु. ४ लाख ५० हजारमा बिक्रि गर्ने जनाएको छ |

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.