7 Views
फिरोज शेख लहान २०७८ भदौ ३१ -
सर्वसाधारणको रोजाईमा परेको यामाहा कम्पनिले नेपालीहरुको महान चाड दशैको अवसरमा ल्याएको विशेष उपहार योजना अन्तर्गत निलम कुमारी चौधरीले ५० हजार जितेकी छिन। लहानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेत एस एस अटो सेन्टरलहानमा शम्भुनाथ नगरपालिका -२ कनकपट्टि सप्तरी घर भएकी चौधरीले यामाहाको स्कुटर खरिद गर्दा ‘रेस फर एस अफर’ अन्तर्गत तत्कालै स्योर सट उपहारमा नगद ५० हजार उपहार जीत्न सफल भएकी छिन। कम्पनीले दशैको अवसर पारेर ‘रेस फर एस अफर’ शुरु गरेको हो ।
मोटरसाइकल तथा स्कुटर पारखीहरुका लागि अत्यन्तै लोकप्रिय मानिएको यामाहाको स्कुटर तथा मोटरसाइक पारखीहरुहरुका लागि यामाहा कम्पनीले दशैमा ‘रेस फर एस अफर’ ल्याएको एस एस अटो सेन्टरकाका संचालक संजिव साहले जानकारी दिएका छन्। संचालक साहका अनुसार यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू गरिएको जनाएको छ ।
योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा नगद ८ हजारदेखि देखि १ लाखसम्मको पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नेछन् ।यतिमात्र हैन बम्पर पुरस्कार अन्तर्गत उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर "रेस फर द एसको" सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।