11 Views
फिरोज शेख लहान २०७८ लहान २० -
ग्लोबल आईएमई बैंक लिमिटेडद्वारा लहानमा सोमबार डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत सोमबार कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट हाम्रा दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षणसमेत गरिएको थियो । उक्त कार्यक्रमस्थलबाटै अधिकांश ग्राहकहरुले मिस्डकल बैंकिङको माध्यमबाट तुरुन्तै आफ्नो खाताको रकम चेक गर्ने तथा मोबाइल रिचार्ज गर्ने जस्ता कार्यहरु प्रयोगात्मक रुपमै गरेका थिए।
बैंकले उक्त अभियानका माध्यमबाट प्रदेश हुँदै स्थानीय तहसम्मै डिजिटल वित्तीय सचेतना वृद्धि गर्ने तथा ग्राहकहरुको वित्तीय पहुँचमा समेत विस्तार गर्ने उद्देश्य लिएको जनाइएको छ । अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २ सय ८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने अभियान सञ्चालन गरिहेको बैंकका संचालन प्रमुख अनामिका सिंहले स्वागत मन्तव्यमा बताइन।
कार्यक्रमा डिजिटल बैंकिङ्ग अधिकृत रविन्द्र पाण्डेले डिजिटल बैंकिङ्गमार्फत उपल्बधहुने सेवाहरु र यसको प्रयोगबारे विस्तृत रुपमा जानकारी दिएका थिए।आफ्ना ग्राहक र आम सर्वसाधारणलाई बैंकिङ्ग सेवा कम समयमै छिटो छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यो कार्यक्रम अभियान कै रुपमा चलाइएको लहान शाखाका प्रमुख महेश कुमार महतोले जानकारी दिए। सिरहाको लहान शाखाले आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना ग्राहकहरुको उपस्थितिका साथै ग्लोबल आईएमई बैंक लिमिटेड प्रदेश -२ प्रमुख सुजन श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्तिथी रहेको थियो।