8 Views
फिरोज शेख सिरहा लहान २०७८ मंसिर २७ -
केहि साता अगाडी मात्र नेपाली बजारमा भित्रिएको TVS Raider बाईक अब लहानमा पनि भित्रिएको छ। स्पोर्टी लुक्स, पावर र पिक-अपले गर्दा ग्राहकहरुको मन जित्न सफल हुँदै सातै प्रदेशमा सप्तरंग संग आबद्ध भई सार्वजनिक हुने क्रममा TVS Raider लाई लहानमा पनि भव्यताका साथ सार्वजनिक गरिएको छ। मंगसिर २५ गते लहान स्थित आफ्नो आधिकारिक विक्रेता राज अटो मोबाइल्समा सप्तरंग ३ का कलाकार महानायक राजेश हमाल,गायक बद्री पङ्गेनी , प्रमोद खरेल , अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती द्वारा यो बाईक launch गरिएको छ।
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ ।
यो मोटरसाइकल ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राखादछ। यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ। कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।