शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सनराईज बैंकको दोस्रो एटिएम लहान ३ हस्पीटल चोकमा
पौष २६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २६ - 
सनराईज बैंक लिमिटेड लहानले लहान ३ हस्पीटल चोकमा आफ्नो दोस्रो एटिएम संचालनमा ल्याएको छ । एटिएमको उद्घाटन प्रदेश २ का सभासद लगनलाल चौधरीले सोमबार एक कार्यक्रमका विच रिवन काटी उद्घाटन गर्नु भएको छ। सोमबार बाट संचालनमा आएको उक्त उद्घाटन कार्यक्रममा सनराईज बैंक लिमिटेड प्रदेश -२ प्रमुख रोहीत कुमार महासेठ र लहान शाखाका शाखा अधिकृत अरुण राज पौडेल लगायत विभिन्न संघ -संस्था प्रतिनिधि तथा ग्राहकहरुको उपस्थिति रहेको थियो। हाल सनराईज बैंकले मुलुकभर आफ्ना १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर ,१५७ वटा एटिएम र  ८३ वटा शाखारहित बैकिङ्ग सेवाद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको प्रदेश २ प्रमुख महासेठले बताउनु भयो। साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराईज क्यापिटल लिमिटेड समेत संचालनमा रहेको उहाँले जानकारी दिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.