8 Views
शुभ नारायण यादव -
सप्तरी ,७ फाल्गुन ।
सप्तरीको कोईलाडी गाबिसस्थित राधे निमाविमा तीन दिवसीय कृषि सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।
गाबिसको कार्यालयको सहयोग तथा गजेन्द्र नारायण सिंह जय प्रकाश नारायण स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित सो तीन दिने तालिममा ८० जना कृषकहरुको सहभागिता रहेको संस्थाका महासचिव मुनि लाल मुखियाले जानकारी दिनुभयो ।
बेमौसमी तरकारी खेति ,आयआर्जन ,किसानहरुको आर्थिक उन्नति गर्ने उदेश्यले संचालित सो तालिममा राधाबल्लभ कर्ण ,जेटिए हरी नारायण मण्डल र कुशर यादवले सहजिकरण गर्नुभएको आयोजक संस्थाका अध्यक्ष एवं समाजसेवि संजय कुमार सिंहले जानकारी दिनुभयो ।