शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको गोविन्दपुरमा ब्रम्हाकुमारी राजयोग उपसेवा केन्द्रको भवन बन्ने
पौष २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष २६ - 
सिरहाको लहान नगरपालिका २४ गोविन्दपुरमा ब्रम्हाकुमारी राजयोग उपसेवा केन्द्र बन्ने भएको छ। स्थानीय जयराम साफीको सहयोग र दिपा वहनको चार बर्ष देखिको त्याग र सेवाभावले निज साफिकै घरमा संचालित उक्त सेवा केन्द्रको भवन निर्माणका लागि राम मन्दिरको नाममा रहेको जग्गा उपसेवा केन्द्रको भवनका लागि समर्पित गर्ने र उक्त जग्गामा सेवा केन्द्रको भवन निर्माण गर्ने नगर प्रमुख मुनि साह र वडा नम्बर २४ का वडा अध्यक्ष कमलदेव यादवले संयुक्त रुपमा प्रतिवद्धता जनाउनु भएको छ। यसै बीच उक्त भवन निर्माणका लागि स्थानीय राम चरित्र साफीले रु .११,१०० ,राम नारायण साफीले एक हजार ईटा ,परमेश्वर शर्माले रु . ११,१०० ,राम नारायण शर्माले रु . ५,५५५ तथा लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा न.६ सितापुर ( प्रध ) का अहेव चिकित्सक बेचु साफीले रु . ५,५५५ नगद आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन। 

ब्रम्हाकुमारी उपसेवा केन्द्र लहान २४ गोविन्दपुरको योजनामा सम्पन्न चौथो वार्षिक उत्सव एवं शान्तिपद यात्रा  कार्यक्रमको अध्यक्षता ब्रम्हाकुमारी राजयोग सेवा केन्द लहानका अध्यक्ष सिर्जना दिदिले गर्नु भएको थियो ,भने प्रमुख अतिथि लहान नगरपालिका नगरप्रमुख मुनि साह रहनु भएको थियो। त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा लहान २४ का वडा अध्यक्ष कमलदेव यादव रहेका थिए। भने अतिथिहरुमा मिर्चैया सेवा केन्द्रबाट रेणु दिदि ,शुखिपुर बाट सुनिता दिदि,विष्णुपुर बाट दुलारी दिदि र कटारी बाट नारायणी दिदि लगायत विभिन्न संघ संस्था बाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए। कार्यक्रमको संचालन ब्रम्हाकुमार बबिन बस्नेतले गरेका थिए। चौथो वार्षिक उत्सवको शुभ अवसरमा त्यहा शान्ति पदयात्रा , सांस्कृतिक कार्यक्रम तथा आध्यात्मिक प्रवचन पनि भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.