8 Views
फिरोज शेख २०७७ फागुन २८ -
८५ औ महाशिवरात्री पर्वको शुभ अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लहानले विभिवार बिभिन्न कार्यक्रम गरि महाशिबरात्री पर्व मनाएका छन्। ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लहानले आयोजना गरेको शान्ति पद यात्रा लहानको विभिन्न भागको परिक्रमा गरि ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानमा पुगी सम्पन्न भएको थियो। त्यस्तै शिवरात्रीको अवसरमा दिउसो १ बजे देखि शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति,समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरीए पनि ब्रहमाकुमारी राजयोगको मुख्य कार्यलय माउन्ट अबु राजस्थानकी प्रमुख राजयोगीनी दादि गुलजारको विहिवार विहान करिब ११ बजे असमाय निधन भएको हुँदा सबै कार्यक्रमहरु अस्थागित गर्नु परेको ब्रहमाकुमार बबिन बस्नेतले जानकारी दिएका छन्। ब्रहमाकुमार बबिन बस्नेतका अनुसार दादि गुलजारले ८५ औ महाशिवरात्री पर्वको शुभ अवसरकै दिन आफ्नो भौतिक शरीर त्याग गरि अवेक्त स्थितिको आरोहन गर्नु भएको कारण सम्पूर्ण उत्सवका कार्यक्रमहरु अस्थगित गरि उहाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धांजलि तथा मेडिटेसन कार्यक्रम गरिएको बताए। जनकपुर जोन इन्चार्ज ब्रहमाकुमारी सिर्जना दिदिको अध्यक्षतामा श्रद्धांजलि तथा मेडिटेसन कार्यक्रम सम्पन्न भएको थियो।