8 Views
फिरोज शेख लहान २०७७ चैत ११ -
सिरहाको लहानमा मुस्लिम समुदायको एक दिने " इस्लाह ए मुआशरा व द्स्तारबंदी जलसा " सम्पन्न भएको छ। मोति निर्माण सेवा तथा क्वालीटी मोडेल टेलर्स एण्ड ट्रेडर्सका संचालक अब्बास अन्सारी तथा अबुल अन्सारीको आयोजनामा आयोजित एक दिने " इस्लाह ए मुआशरा व द्स्तारबंदी जलसाका प्रमुख अतिथि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी रहनु भएको थियो। लहान नगरपालिका वडा न .४ मा आयोजित उक्त जलसामा नेपाल तथा भारतका नाम चलेका मुस्लिम धर्म गुरु मौलानाहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा प्रमुख आसन बाट बोल्दै आयोगका अध्यक्ष समिम मिया अन्सारीले सोमबार प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको जिकिर गर्दै प्रदेश प्रमुख झा संग आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको बताए। प्रदेश प्रमुख झाले मुस्लिम समुदायको मदरसा तथा शैक्षिक अवस्थाको विषयमा राखेको जिज्ञसामा आफुले अहिलेसम्म मदरसाहरूको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोग प्रयास गरिरहेको जलसामा उपस्थित हजारौ मुस्लिम समुदायको अगाडी बताएका छन्।
प्रदेश २ सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्डले मदरसा शिक्षालाई पनि राष्ट्रिय शिक्षाको मूलधारमा समावेश गर्न सकिने उल्लेख गर्दै अध्यक्ष अन्सारीले लामो समयदेखि प्रदेश सभामा रहेको मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने बताए । मुस्लिम समुदायको विषयमा अध्ययन अनुसन्धान न्यून रूपमा भएकाले आयोगले त्यसमा जोड दिएको अन्सारीले बताए । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख झाले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने प्रतिक्रिया दिएको उनले सम्पूर्ण मुस्लिम समुदायमा जानकारी गराए। विद्यालय, सांस्कृतिक विद्यालय मदरसाहरूमा नैतिक शिक्षाको कार्यक्रम सञ्चालनको तयारी भइरहेको र त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जकिर गर्दै आफ्नो भाषा र संस्कृति संगै शिक्षामा पहुचका लागि समय -समयमा यस्ता जलसाको आयोजना हुनु पर्ने कुरामा जोड दिदै मुस्लिम समुदायका बालबालिकाहरु लाई शिक्षा बाट बन्चित नगर्न सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह पनि गरे।