8 Views
फिरोज शेख लहान २०७८ बैशाख २८ -
मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको शुभ अवसरमा समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगीता कर्मचार्यले लहानको विभिन्न वडाका बिर्द्द बिर्द्धा २१ जना एकल महिला, असहाय तथा चिया पसल गरी जीविकोपार्जन गर्ने महिला आमाहरुलाई उपहार स्वरूप सारी र मिठाई वितरण गरेका छन्। कोरोना महामारीको पहिलो लहरको लकडाउन भएको बेला गरिव ,असहाय ,मजदुर लगायत समस्यामा परेकाहरुलाई विभिन्न समयमा दाताहरुको सहयोगमा राहत सामग्रीहरु उपलब्ध गराएर सामाजिक क्षेत्रमा आफ्नो छुटै बनाउन सफल मस जोडीले विभिन्न समयमा अप्ठ्यारोमा परेकाहरु लाई सहयोग गर्दै आइरहेका छन्। मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन मस जोडी बाट एक-एक थान साडी र मिठाई पाएर बिर्द्द बिर्द्धाहरु खुसि व्यक्त गर्दै दुवैलाई मायारुपी शुभ आशिर्वाद पनि दिएका छन्।