7 Views
सिरहा फागुन १० -
मौसम खुलेका कारण यस वर्ष तराइका किसान निकै उत्साहित छन्। यस वर्ष मौसम अनुकुलताका कारण आलुको उत्पादन बढ्ने कृषकहरु बताउछन । यस वर्ष खासै शितलहर पनि नचलेका कारण डढुवा रोगबाट आलु जोगिएकाले उत्पादन अझै राम्रो हुने कृषकहरुको भनाइ छ। 'यस वर्ष जाडो याम पनि प्रायः घाम लागि रहेकोले आलुको बोट गलेन र नगलेपछि उत्पादन बढ्ने आश गरेका छन् । व्यवसायिक आलु खेती गर्दै आएका यस क्षेत्रका किसान अहिले उत्साहित छन्। मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका अनुसार चितवन देखि धनुषा सम्मको ६१ हजार चार सय २६ हेक्टर भन्दा बढि जग्गामा आलु खेति गरिएको छ। यस वर्ष शितलहरको प्रभाव कम देखिएका कारण आलुको उत्पादन बढ्ने कृषि विकास कार्यालय धनुषाका प्रमुख प्रदिप ठाकुरको अनुमान छ। सरकारले सिंचाई, मल र उन्नत बिउ सहित बजार व्यबस्थापनमा सहयोग गरे आलु खेति गरेर आत्मनिर्भर बन्न सकिने किसानहरु मध्येका एक किसान परिक्षण ठाकुरको विश्वास रहेको छ।
उनले भने,'आलु उत्पादन यस वर्ष राम्रै छ, तर व्यवस्थित तथा सहज ढंगबाट आलु राख्न चिस्यान केन्द्र नुहँदा समस्या छ, आलु राख्दा कुहिने डर छ।' यता मध्यतराईका जिल्लामा व्यवस्थित चिस्यान केन्द्रको समेत अभाव छ। आलुको भण्डारण हुन नसकेकै कारण तराईका सिरहा ,सप्तरी , धनुषा , महोतरी , झापा , सर्लाही , कंचनपुर , सुनसरी लगायतका जिल्लामा भारत, बगंलादेशबाट आलुको आयात घट्न सकेको छैन। उत्पादन बढे पनि भण्डारण र बजार व्यवस्थापन अभावमा किसानले पर्याप्त लाभ लिन सकेका छैनन्।