9 Views
फिरोज शेख लहान २०७८ भाद्र १७ -
हिन्दू नारीहरुले धुमधामका साथ मनाउने हरितालिका (तीज) को पुर्व सन्ध्यामा सिरहाको लहानमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ लहान सन्साईन ( महिला क्लव ) को आयोजनामा बुधबार आउदै गरेको हरितालिका (तीज) पर्वको अवसरमा सामाजिक सदभावका लागि शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मारवाडी सेवा सदनको सभा हलमा भएको उक्त कार्यक्रममा के पहाडी ,के मधेशी ,के थारु , के हिन्दु , के मुस्लिम सवै समुदायका सैयौ महिलाहरुको उपस्थिति रहेको थियो।
लायन्स क्लव अफ लहान सन्साईनकी अध्यक्ष पुनम चौधरीको अध्यक्षता तथा लहान नगरपालिका उप-प्रमुख सरियार चौधरीको अध्यक्षतामा सम्पन्न तिज विशेष कार्यक्रमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य ,नेपाली कांग्रेस महिला संघकी नेत्री उषा राउत,लायन्स कल्व अफ लहान सिटीका धरणीधर अधिकारि ,चक्रपाणि दाहाल ,सुदिप चौधरी ,संजय राज शर्मा ,पाण्डव हमाल, विकाश सारडा, रियासत लिमि लगायत शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख संगै लायन्स कल्वमा आवध पदाधिकारी तथा विभिन्न संघ-संथाका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।
लायन्स क्लव अफ लहान सन्साईनकी रन्जिता साह ( जुना ) को संयोजनमा भएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गर्नुका साथै कार्यक्रममा सहभागी महिला तथा अतिथिहरुले एक अर्कामा शुभकामना व्यक्त गर्दै तीजका विभिन्न गीतहरुमा छमछमि नाच्दै दुख : पिडा बिर्सदै रमाएका थिए। कार्यक्रमको संचालन लायन्स क्लव अफ लहान सन्साईनकी सचिव रमिता नेपालले गर्नु भएको थियो।