9 Views
फिरोज शेख लहान २०७८ असोज २९ -
सिरहाको लहानमा अवस्थित दुर्गा मन्दिर शक्तिपीठमा १ हजार ९ सय ८५ खसी¬बोकाको बलि दिइएको छ। गत वर्ष कोरोना कहरमा सुरक्षाका मापदण्ड पुरा गर्दै उक्त मन्दिरमा १४ सयको सङ्ख्यामा खसीबोकाको बलि दिइएकोमा यस वर्ष १ हजार ९ सय ८५ खसी¬बोकाको बलि दिइएको श्री दुर्गा पूजा समिति लहानका अध्यक्ष बिनोद साहले जानकारी दिएका छन्। बलीका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालन गरि बलिप्रदान भएको थियो ।