8 Views
फिरोज शेख लहान २०७८ कार्तिक २४ कार्तिक -
सिरहा सहित मिथिलान्चलमा हर्सोल्लासपूर्वक आज अस्ताउदे सुर्यलाइ अर्ध दिई छठ पर्व मनाइँदै छ । परिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाईने यस वर्षको छठपर्वको पहिलो दिन आइतबार ब्रतालुहरुले माछामरुवा तथा तामसी भोजन खाएको थिएन ।सोमबार नुहाएर अरबा अरबाईन एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो । यधपि छठको विधि भने आइतबारदेखि नै सुरु भएको हो ।
मुलुकमा बढदाे जाेखिमलाइ कम गर्ने उदेश्यका साथ आज साझँ अस्ताउदे गरेकाे सुर्यलाइ र भाेलि उदाउँदो सुर्यलाइ अर्ध दिएर यश वर्षकाे छठ पर्व मनाउँदै छन । आज छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र भाेलि उदाउँदो सूर्यको अर्घ दिइन्छ ।पाँच दिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन माछमरुवा नखाने , दोश्रोदिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, तेश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, चौथो दिन अस्ताउँदो सूर्य र पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ । छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । छठ पर्व पाँच दिन मनाइए पनि माछा मरुवा नखाने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र छठ पर्व मनाउने गरेको प्रचलन छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । अन्य वर्षहरुमा काेराेना कहरका कारणले घरमै छठ पर्व मनाएका थिए ,भने यश वर्ष मिथिलान्चलमा हर्षाेउल्लासका साथ नदि ,तलाउ ,पाेखरि लगायतका स्थानमा भव्य पुर्वक काेराेना कहरलाइ मध्य जनर गर्दै यश वर्ष छठ पर्व मनाउने गरेका छन ।