शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक करोड ९५ लाखको लागतमा लहानको दुर्गा मन्दिर निर्माण हुने

10 Views

मंसिर १८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १८ - 
लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्गा मन्दिरलाई एक करोड ९५ लाखको लागतमा पुनः निर्माण गर्न लगिएको छ। मन्दिर निर्माणको लागि लहान –७ वडा अध्यक्ष राकेश रोशन गुप्ताले हिजो स्थानीयवासीहरुलाई बोलाएको भेलामा लहान नगरपालिकाले एक करोड ९५ लाखको लागतमा मन्दिर पुर्ननिर्माणको लागि तयार गरेको डिपिआर नक्सा समेत वितरण गरेको थियो । मन्दिरको डिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी व्यक्त गरेका छन्।  

लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र  एक-दुईमहिनामा नै मन्दिर निर्माणको लागि टेण्डर हुने नगरप्रमुख साहले जानकारी जानकारी दिदै बजार क्षेत्रमा रहेको राम मन्दिर र दुर्गा मन्दिरले धार्मिक पर्यटनको साथै शहरको सुन्दरता र पवित्रतामा समेत बल पुरयाउने उद्येश्यले राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्य अघि बढाएको बताउनु भयो। लहानको विकास भनेको शहरी र ग्रामीण भेगको सन्तुलन कायम गर्नु रहेकोले यसतर्फ लहान नगरपालिकाले आफ्नो बजेटको परिधिभित्र रहेर काम गरिरहेको कुरामा उहाँले जोडदिनुभयो ।लहानको नयाँ बजार निर्माण कार्य, फोहोरबाट मोहर प्रशोधन केन्द्र र आर्यघाट निर्माणको लागि खडा गरिएको बाधा व्यबधान हटाएर लहानको समृृद्धि र विकासमा सबैको सहयोग उतिकै आवश्यक रहेकोले बाधा व्यवधान होइन, सहयोगको लागि सकारात्मक हुन,भइदिन सबैसँग आग्रह समेत गर्नुभयो । लहान–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले लहान नगरपालिकाको वडा नम्बर ७ मुख्य व्यापारिक केन्द्र रहेको हुँदा वडामा विकास निर्माण र धार्मिक पर्यटनको प्रवल संभावना बोकेको राम मन्दिर र दुर्गा मन्दिर निर्माण कार्यको लागि लहान नगरपालिकाले प्रशंसायोग काम गरेको धारणा राख्नुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.