शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा स्वास्थ्य चौकी अनुगमन : ६ जना स्वास्थ्यकर्मी
असाड १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १३ - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले स्वास्थ्य चौकीमा अनुगमन गरेका छन। लहान - १५ स्थित ढोढना स्वास्थ्य चौकीमा अनुगमन गर्दा ६ जना स्वास्थ्यकर्मी अनुपस्थित रहेको पाइएको छ। नगर प्रमुख चौधरी ,वडा अध्यक्ष तेज नारायण चौधरी र संचारकर्मी सहितको अनुगमन टोलि उक्त स्वास्थ्य चौकीमा पुग्दा ६ जना स्वास्थ्यकर्मी अनुपस्थित रहेको फेला पर्दा २४ घन्टे स्पष्टीकरण सोधेको छ। लहान स्वास्थ्य शाखाका अनुसार उक्त स्वास्थ्य चौकीमा कार्यरत २ जना कर्मचारी खोप कार्यक्रममा र एक जना तालिममा गएको भए पनि लगबुक नभरेको र अन्य ३ जना विन्देश्वर प्रसाद चौधरी,बैजनाथ सिंह र लक्ष्मी कुमारी चौधरीलाई २४ घन्टे स्पष्टीकारण सोधिएको लहान नगरपालिका लहानका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुषालले जानकारी दिएका छन। यसै बीच लहान नगरपालिकामा नगरप्रमुख चौधरीले छडके गरेकाे बेला  नगरपालिकाको कार्यालय समयमा अनुउपस्थित र प्रशासन शाखालाईसमेत जानकारी नगराएका २३ जना कर्मचारीलाई पनि २४ घन्टेस्पष्टीकरण सोधिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.