शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चिकित्सकको समस्या समाधान गर्न नगरपालिका तत्पर : नगरप्रमुख चौधरी
साउन १७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन १७ - 
नेपाल चिकित्सक संघ सिरहा शाखाको समस्या सामाधान गर्न लहान नगरपालिका तत्पर रहने नगरप्रमुख महेश प्रसाद चौधरी बताउनु भएको छ। नेपाल चिकित्सक संघ सिरहा शाखाको आयोजनामा सोमबार आयोजित भेटघाट तथा स्वागत कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्नु हुँदै यस्तो बताउनु भएको हो। नगरप्रमुख चौधरीले लहानमा अवस्थित मापदण्ड भित्र पर्ने क्लिनिक, होस्पिटल तथा औषधिपसलहरु लाई नगरपालिका बाट उपलब्ध हुने सेवा सुविधा तथा दर्ता प्रमाण-पत्र दिन आफु सदैव तत्पर रहेको प्रतिवध्ता जनाउदै विना दर्ता संचालनमा रहेका त्यस्ता स्वास्थ्य संस्थाहरुलाई एक साता भित्र नगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिन आग्रह गर्नु भएको छ। नगरप्रमुख चौधरीले यस क्षेत्र भित्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सकहरुलाई आग्रह गर्दै लहान नगरपालिकाले सुविधा सम्पन्न अस्पतालको परिकल्पना गरेको हुँदा नगरपालिकाले नि:शुल्क जग्गा उपलब्ध गराउने प्रतिवध्ता जनाउदै नेपाल चिकित्सक संघ सिरहा शाखालाई अस्पताल निर्माणको लागि अग्रसर समेत गरेका छन्। 

कार्यक्रमका अतिथिहरु जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा,लहान क्यान्सर केयर सेन्टरका संस्थापक  अध्यक्ष अशोक लाल अमात्य ,लहान स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डल,रोटरी क्लव लहानका अध्यक्ष प्रदिप कुमार गुप्ता ,शेख मिडिया हाउस प्रालि.तथा रेडियो सरगम ९३ मेगाहर्जका अध्यक्ष,संचारकर्मी फिरोज शेख लगायतका व्यक्तित्वहरुले मन्तव्य राख्ने क्रममा अवैध रुपमा संचालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई दर्ता प्रक्रियामा जान आग्रह गर्दै स्वास्थ्य सेवालाई नाफा मुखी नभई सेवामुखी भावनाको रुपमा आत्मसाथ गर्न ध्यान आकर्षण गराएका छन्। 

डा.मिश्रीलाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमा डा. सुभाष बाबु साहले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा डा.मिश्रीलाल साह,डा. रविन्द्र कुमार गुप्ता र डा.ओम प्रकाश चौधरीले आ-आफ्नो तितो -मिठो अनुभव सुनाउदै यस भेगका चिकित्सकहरुले भोगिरहेका समस्याहरुका बारेमा जानकारी गराउदै लहान नगरपालिकालाई संचालनमा रहेका स्वास्थ्य संस्थाहरुको तथ्यांक संकलन गरि दर्ता प्रमाण-पत्र उपलब्ध गराउन आग्रह गर्नु भएको छ। कार्यक्रमा सिरहा जिल्लामा कार्यरत दर्जनौ चिकित्सकहरुको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.