शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा क्षेत्र न.१ मा ६९ हजार ८२६ मत खस्यो, ११
मंसिर ५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मंसिर ५ - 
आइतबार सम्पन्न प्रतिनिधि सभा प्रदेश सभा सदस्यको मतदानमा सिरहा क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ ६९ हजार ८२६ मत खसेको जानकारी प्राप्त भएको छ। भने प्रदेश सभा सिराहा क्षेत्र नम्बर १ (क ) मा ३१ हजार १८७ र  १ (ख) मा ३७ हजार ४७७ मत खसेको छ। सिरहा क्षेत्र नं. १ अन्तर्गत रहेका लहान नगरपालिकाको वडा न. १ मा १७५०, २ मा ११०२, ३ मा १५९२, ४ मा १४३६, ५ मा १५६०, ६ मा ९१५, ७ मा ९८६, ८ मा १२८०, ९ मा १०५२ , १० मा १२०८, ११ मा १७६४, १२ मा १३०४, १३ मा १८८६, १४ मा ९९६, १५ मा २०७५, १६ मा ८०८, १७ मा १४५२ , १८ मा २५७८, १९ मा २०८८, २० मा १५०५ , २१ मा १७६६, २२ मा २२०७, २३ मा २३५१ र  २४ नम्बर वडामा २८८७ मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

त्यस्तै धनगढीमाई नगरपालिकाको वडा नम्बर १ मा १३१८ र २ मा १३२७ मत खसेको छ भने सखुवानन्कारकट्टी गाउँपालिकाको वडा नम्बर १ मा १६६६, २ मा १९०२ , ३ मा १३५४, ४ मा १६२४ र वडा नम्बर ५ मा २००१ मत खसेको जानकारी प्राप्त भएको छ। त्यस्तै भगवानपुर गाउँपालिकाको वडा नम्बर १ मा १९५२, २ मा २७००, ३ मा १५५२, ४ मा १८३६ र  ५ मा १५२७ मत खाएको छ। भने लक्ष्मपुरपतारी गाउँपालिकाको वडा नम्बर २ मा १८७४ , ३ मा १८३६ ,४ मा २०७५,५ मा २०६२ र ६ नम्बर वडामा २६७२ मत गरी जम्मा ६९ हजार ८२६ मत खसेको जानकारी प्राप्त भएको छ। 

क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बाट पदम नारायण चौधरी उम्मेदवार रहेका छन् भने  एमालेका राम शंकर यादव उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बाट दिनेश कुमार महतो, नेपाल मजदुर किसान पार्टीबाट सिरीया पासमान, जनमत पार्टीबाट युगल किशोर साह, मौलिक जरोकिलो पार्टीबाट सुरेश कुमार कामैत, जनता प्रगतिशिल पार्टी नेपालबाट ललीता कुमारी साह, नेपालका लागि नेपाली पार्टीबाट रीता देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हरि राम दास, बहुजन एकता पार्टी नेपालबाट मनोज पासमानलाई उम्मेदवार बनाएको छ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जनक साह, नेपाल सद्भावना पार्टीबाट जीवछ प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राम कुमार यादव उम्मेदवार बन्दा ओम सिंह, राम ध्यान महतो, गोविन्द कुमार चौधरी, बिद्यापती झा, लव कुमार प्रधान, सरिता गिरी, अशोक कुमार थपलिया, राम कुमार साह, राजेन्द्र प्रसाद यादव र पुस्पेन्द्र कुमार यादव स्वतन्त्र उम्मेदवार रहेका छन् । पूर्वसांसद गिरिले यसपटक स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। सिरहा जिल्ला क्षेत्र नम्बर १ को मतगणना लहानस्थित दुलिचन सारडा अतिथी सदनमा विहान ११ बजे बाट हुने जनाइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.