शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार यादव ,चौधरी र गुप्ता
मंसिर ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मंसिर ९ - 
सिरहा निर्वाचन क्षेत्र १ मा एमाले -जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। सिरहाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा नेकपा एमालेका रामशंकर यादव दुई हजार ८३ मतान्तरसहित निर्वाचित भएका छन्।मत गणनाको अन्तिम परिणामअनुसार एमालेका यादव २९ हजार ४ सय ४२ मतसहित निर्वाचित भएका हुन्।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्दा जनमत पार्टीका युगलकिशोर साह (पप्पु ) ६ हजार ८ सय ४९ मतसहित तेस्रो स्थान प्राप्त गरेका छन्। भने स्वतन्त्र उम्मेदवार पुर्व सांसद सरिता गिरिले ५०२ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतो ३७९ , राष्ट्रिय स्वतन्त्र पार्टीका राम कुमार यादव ३०४ ,बहुजन एकता पार्टी नेपाल  का मनोज पासमान २५६ ,मौलिक जरोकिलो पार्टीका सुरेश कुमार कामैत १६८ ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हरि राम दास १४२ ,नेपालका लागि नेपाली पार्टीका रीता देवी साह १३१,जनता प्रगतिशिल पार्टी, नेपालका ललीता कुमारी साह १२२ ,नेपाल मजदुर किसान पार्टीका सिरीया पासमान ९४ , अशोक कुमार थपलिया ६१ ,ओम सिंह ५८,बिद्यापती झा ४५ ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जनक साह ३८ , राजेन्‍द्र प्रसाद यादव २८ ,नेपाल सद्भावना पार्टीका जीवछ प्रसाद यादव २३, गोविन्द कुमार चौधरी २३,राम ध्यान महतो १७ ,लव कुमार प्रधान १२ ,राम कुमार साह ७ र पुस्पेन्द्र कुमार यादवले ६ मत प्राप्त गरेका छन्। 

 त्यस्तै सिरहा निर्वाचन क्षेत्र १ ( क ) प्रदेश सहभामा पनि नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी थारु ११ हजार ७२१ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ। मतगणना सुरु भए देखि नै निकै रोमान्चक बनको प्रतिस्पर्धामा चौधरीले मतगणनाको अन्तिम चरणमा आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार महतोलाई १७१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका सुनिल कुमार महतो चौधरीलाई पछ्याउने क्रममा ११ हजार ५५० मत प्राप्त गरेका छन्। त्यस्तै जनमत पार्टीका अमिरि यादव ३ हजार ६८२ , हाम्रो नेपाली पार्टीका चन्‍द्र नारायण कुशवाहा १ हजार ४८९,नागरिक उन्मुक्ति पार्टीका राम चन्द्र चौधरी ७७९ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगा देवी यादव ३६८ ,बहुजन एकता पार्टी नेपालका भिखन सदाय २९५ , सुरेश कुमार यादब स्वतन्त्र २४४ ,रविन्द्र कुमार श्रेष्ठ १९६ ,जनता प्रगतिशिल पार्टी, नेपालका समुन्‍द्री देवी सहनी १८६ ,नेपालका लागि नेपाली पार्टीका प्रथम लाल साहु १६५ ,पलास देवी सदाय ७२ ,नेपाल मजदुर किसान पार्टीका हरिनारायण महतो ४६ ,सचिदानन्द चौधरी ३१ ,चन्द्र नारायण चौधरी १९ र अशोक कुमार राय ११ मत प्राप्त गरि चित्त बुझाएका छन्। 

यता सिरहा क्षेत्र नम्बर १ (ख) मा जसपाका राजकुमार गुप्ता प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। गुप्ताले नेकपा एसका अशोक कुमार यादवलाइ ३ हजार ६ मतले पराजित गर्दै विजयी भएका हुन्।जसपाका गुप्ताले १६ हजार २३९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एसका यादव १३ हजार २३३ मत ल्याएका छन्। ०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभाका उम्मेदवार अशोकले राजकुमारलाइ पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै जनमत पार्टीका शम्भु प्रसाद साह ५ हजार ५२७ ,बहुजन शक्ति पार्टीका सुमिन्द्रा देवी मण्‍डल ५२०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्‍ण देव साह २९७, बहुजन एकता पार्टी नेपालका वेचु साफी १८५ , नेपाल मजदुर किसान पार्टीका विजय कुमार महतो ९०,मौलिक जरोकिलो पार्टीका नागेन्द्र कुमार यादव ८६, स्वतन्त्रहरु सुर्य कुमार मंडल खत्वे ४१,लक्षेन्द्र प्रसाद यादव ३६,निर्मला कुमारी यादव ३२ ,अनिरुद्र प्रसाद मंडल २५ र दिपेन्द्र प्रसाद चौधरीले २१ मत प्राप्त गरि चित्त बुझाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.