शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिराहाको चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन
मंसिर ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर ११ - 
प्रतिनिधिसभातर्फ मधेस प्रदेशको सिरहा जिल्लामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कोही पनि निर्वाचित हुन सकेनन्। सिरहामा पाँच दलीय गठबन्धनका कुनैपनि उम्मेदवारले जित निकाल्न नसक्दा पराजय भोगेका हुन् । सिरहाको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका रामशंकर यादव २९ हजार ४६२ मतसहित निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पदम नारायण चौधरी २७ हजार ३८९ मत ल्याएर पराजित भए । सिरहा–२ मा जसपाका राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भएका छन् । त्यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी चित्रलेखा यादव २३ हजार २८ मत ल्याएर दोस्रो स्थानमा सिमित भइन्। सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ २८ हजार ६४ मतसहित निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ साह २६ हजार ८८२ मत ल्याएर पराजित हुन पुगे । त्यस्तै, सिरहा–४ मा जसपाका वीरेन्द्र प्रसाद महतो २४ हजार १०२ मत ल्याएर निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मतसहित दोस्रो स्थानमा चित्त बुझाए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.