शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार कुट्नेलाई कारवाही गर भन्दै महासंघ सिरहा आन्दोलित
मंसिर २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान सिरहा २०७९ मंसिर २२ - 
नेपाल पत्रकार महासंघ सिरहाले पत्रकार प्रदिप सिंहमाथि कुटपिट गर्ने दोषिलाई कारबाहीको माग गर्दै आन्दोलित भएका छन्।महासंघ शाखाका अध्यक्ष मनोज बनैताको नेतृत्वमा दोषिलाई कारबाही गर भन्दै ईलाका प्रहरी कार्यलय लहानको प्रवेश द्वारमा महासंघका उपाध्यक्ष गणेश साह लगायता पत्रकारहरुले  बुधबार साँझ धर्ना दिएका दिएका छन्। धर्नाको क्रममा प्रहरीले बल प्रयोग गर्दै करिब एक घण्टा पछि धर्नामा बसेकाहरुलाई त्यहा बाट हटाएको थियो। प्रहरीको दादागिरी विरुद्ध नेपाल पत्रकार महासंघ कडा आन्दोलन गर्ने अध्यक्ष बनैताले बताए । अध्यक्ष बनैताले घटनालाई दबाउन प्रहरी नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादव संग मिलोमतो गरेको आरोप लगाएका छन्। दोषी उपर कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यलय लहानलाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएका कारण हामी आन्दोलित भएको अध्यक्ष बनैताको कथन छ। अध्यक्ष बनैताका अनुसार मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ इटहर्वास्थित रामजानकी विवाह पञ्चमी मेलामा समाचार संकलन गर्न पुगेका पत्रकार सिंहमाथि नवराजपुर गाउँपालिका अध्यक्ष शिवउदगार यादवका  छोराको नेतृत्वमा आएका युवाहरुले कुटपिटगरेका थिए ।

 नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकलमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले ‘आफूहरुको फोटो  खिचेको भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए ।गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको मोटरसाइकल  प्रदेश ०१ –००१)बा ०३२३ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए । त्यसै क्रममा सिंहलाई निर्घात कुटपिट गरेको महासंघले जनाएको छ । महासंघले घटनाको सत्यतथ्य बुझी दोषी उपर कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यलय लहानमा उजुरी दिए पनि दर्ता नभएको जनाइएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
लहानमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
साउन २७, २०८० | सरगम खबर समाचारदाता
लहान नगरपालिका द्वारा बजार अनुगमन
साउन १, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.