शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल पत्रकार महासंघ सिरहालाई नगरपालिकाले १० धुर जग्गा उपलब्ध गराउने
पौष ३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुस ३ - 
लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि लहानमा आफ्नै भवन निर्माण गर्न १० धुर जग्गा उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको छ। नेपाल पत्रकार महासंघ सिरहा शाखाको १३ औ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। लहान २२ स्थित रहेको धार्मिक पर्यटकिय स्थल सलहेश फुलवारीको सभाहलमा भएको नेपाल पत्रकार महासंघ सिरहा शाखाको १३ औ साधारण सभाको उद्घाटन गर्नु हुँदै नगर प्रमुख चौधरीले सुशासनलाई प्रभावकारी बनाउन, विकास निर्माणको कामलाई सहयोग पुग्नेगरी पत्रकारहरुलाई समाचार लेख्न आग्रह गर्नु भयो ।उहाँले नेपाल पत्रकार महासंघ सिरहा शाखाका लागि लहानमा आफ्नै भवन निर्माण गर्न १० धुर जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै लहान नगरपालिका पत्रकार हकहितका लागि सदैव सकारात्मक रहने बताउँदै लहान नगरपालिकाको विज्ञापन यहाँबाट प्रकाशित हुने पत्रपत्रिकालाई समान रुपले दिइने प्रतिवद्धता समेत जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि रहनुभएकी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउन आग्रह गर्नु भयो।उहाँले तराई मधेशका पत्रकारहरुलाई हुने समस्याका बारेमा सुर्खेतमा हुने केन्द्रिय साधारण सभामा कुरा राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश मिडिया मिसनका अध्यक्ष तथा नवसंग्राम दैनिकका सम्पादक दिनेश्वर प्रसाद गुप्ता, महासंघ सिरहा शाखाका पूर्व उपाध्यक्ष तथा मार्गानुगामी दैनिकका सम्पादक रामबाबु यादव, वरिष्ठ पत्रकारद्वय अर्जुन थपलिया, अनिरुद्र ठाकुर, साहित्यकार अर्जुन प्रसाद गुप्ता, गोरखापत्र दैनिकका लहान सम्वाददाता जिवछ यादव उदासीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।महासंघ सिरहाका सचिव शिव दयाल यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण महासंघ सिरहाका सहसचिव संजय यादवले गरेका थिए ।

सदन निर्माणका लागि वडा अध्यक्ष (
फाल्गुन २२, २०७९ | फिरोज शेख
सेल्फी रोडको स्ट्रीट लाईट खर्च विवरण
फाल्गुन २०, २०७९ | फिरोज शेख
सबैखाले परिवर्तनको जग हो प्रजातन्त्र :
फाल्गुन ८, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.