शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिजले युवा शक्तिलाई कुलतवाट जोगाउन लाग्नुपर्छ ः राष्ट्रिय अध्यक्ष मानन्धर
माघ १८, २०७९ | फिरोज शेख

लाल बिहारी यादव रेडियो सरगम ९३ मेगाहर्ज लहान २०७९ माघ १८ -
युवा शक्तिलाई कुलतबाट जोगाउन लहान सिटि जेसिजले चेतनामुलक कार्यक्रम मार्फत जागरण अभियान थाल्नुपर्ने नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले बताउनु भएको छ। मंगलवार लहान सिटी जेसिजको २१औ पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रका प्रमुख अतिथि रहनु भएका  मानन्धरले यस्तो बताएका हुन्। समृद्ध, सुन्दर र विकसित लहान बनाउने अभिभारा पूरा गर्न लहान सिटी जेसिजले लहानको यूवाहरुलाई सहि मार्ग निर्देशन र कुलतवाट जोगाउन टोल- टोलमा जागरण अभियान थाल्नुको साथै नगरपालिका भित्र जन जागरणको अभियान थाल्नु पर्ने सुझाब दिए। कार्यक्रमका विशेष अतिथि लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले वर्ष २०२३ का निर्विरोध निर्वाचित अध्यक्ष फिरोज शेख लगायत निर्वाचित तथा मोनोनित सम्पूर्ण जेसिज पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै आफनो भाषा,संस्कृति र शिक्षामुखी समाज निर्माण गर्न लहान सिटी जेसिजले परिवर्तित अवस्थामा लहान नगरपालिका संग सहकार्य गरि परिवर्तित कार्यक्रम गर्नुपर्ने सुझाब दिएका थिए ।लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साह,पुर्व अध्यक्षहरु ,विभिन्न शाखा बाट आएका पदाधिकारी , विभिन्न संघ-संस्थाका प्रतिनिधि ,जनप्रतिनिधि ,राजनीतिकर्मी ,संचारकर्मी,बुद्धिजी ,समाजसेवी ,स्वास्थ्यकर्मी ,शिक्षक लगायतको उपस्तिथी रहेको थियो। 

पद हस्तान्तरण गर्ने क्रममा वर्ष २०२२ की अध्यक्ष कुमु चौधरीकले लगाउने चेन पुर्व अध्यक्षहरुले वर्ष २०२३ का अध्यक्ष फिरोज शेखलाई हस्तान्तरन गरि कार्यभार हस्तान्तरण गर्नुभएको थियो। वर्ष २०२३ का अध्यक्ष शेखले निर्वाचन अधिकृत वर्ष २०२१ का अध्यक्ष अजय जयसवालको रोहबरमा निवर्तमान अध्यक्ष कुमु चौधरी बाट पद तथा गोपनियताको सपथ लिई पदभार ग्रहण गर्नु हुदै बिगतका अध्यक्षहरुले गर्नु भएका सकरात्मक कार्यहरुलाई नियाल्दै समाज परिवर्तन तथा नेतृत्व विकासमा नौलो र रचनात्मक कार्य गरेर लहान सिटी जेसिजमा नयाँ इतिहास रच्ने प्रतिवद्धता व्यक्त गर्नु हुँदै युवा लक्षित कार्यक्रमहरुका लागि नेपाल जेसिज संग समन्वय गरि तालिमहरु संचालन तथा युवा माँझ फैलिएका लागुऔषधको समस्या ,घरेलु हिँसा लगायतका समाजिक परम्परागत हानिकारक मुल्य मान्यताहरु न्यूनीकरण गर्न स्थानीय सरकार संग समन्वय गरि अगाडी बढ्ने बताउनु भयो। 

वर्ष २०२३ का लागि कार्यकारीणी उपाध्यक्षमा अमरेश महतो र दिनेश दास ,तालिम निर्देशकमा देबनलाल ठाकुर , जनसम्पर्क अधिकारीमा सरोज ठाकुर ,उपाधक्ष्यमा खुश्बु जयसवाल ,प्रिती साह ,बमचंद्र चौधरी र नित्यानन्द साह निर्विरोध चयन भएका छन। त्यस्तै वर्ष २०२३ लाई उत्कृष बनाउन नवनिर्वाचित अध्यक्ष शेखले मनोनित पदहरुमा अनिल महतो ( कानुनि सल्लाहकार ),उमेश यादव  ( महासचिव ),उमेश साह  कोषाध्यक्षमा मनोनित गर्नु भएको छ। भने लोम एडिटरमा उपेन्द्र यादव ,एन जी ओ /आइ जि ओ डाइरेक्टरमा आदित्य सहनी,मिडिया डाइरेक्टरमा सैगेन्द्र साह,सेक्रेटरीमा शिवानन्द चौधरी ,विजनेस डेभलोप्मेंट कोर्डिनेटरमा कृष्ण साह , हेल्थ कोर्डिनेटरमा प्रदीप यादव ,थिम डाइरेक्टरमा सन्तोष राम ,सपोर्ट डाइरेक्टरमा नारायण महतो ,फण्ड राइजिङ्ग डाइरेक्टरमा गौरव साह ,मेम्बरशिप डेभलोप्मेंट कोर्डिनेटरमा समिर शेख ,ओमेन  डेभलोप्मेंट कोर्डिनेटरमा प्रियंका चौधरी ,बोर्ड सल्लाहकारमा वर्ष २०२१ का अध्यक्ष अजय जयसवाल ,अध्यक्षीय सल्लाहकारमा वर्ष २०२० का अध्यक्ष वसन्त साह संगै विगत लामो समय देखि जेजिस अभियानमा सक्रियता पुर्वक लागिरहनु भएका गंगा प्रसाद यादव मनोनित भएका भएका छन्। कार्यक्रममा मिथिलाको संस्कृति झल्किने जनकपुरका विजयलक्ष्मी फाउन्डेसनका सांस्कृतिक टोलि द्वारा  सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रम सफल बनाउन लहान नगरपालिका ,लहान पारागन स्कुल,किसन स्विट्स हाउस ,जनक अफसेट प्रेस ,सन्तोष डिजे साउण्ड लगायतले सहयोग गरेका थिए। कार्यक्रम संयोजक अमरेश महतो रहेका थिए। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.