शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आँखा अस्पतालले ४०औ वार्षिक उत्सव मनायो
माघ २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २९ - 
लहानकाे सगरमाथा चौधरी आँखा अस्पतालले ४०औ वार्षिक उत्सव मनाएका छन्। अस्पतालले ४० वर्षमा १ कराेड ५६ लाख विरामीकाे आँखा जाँच र उपचार गरेकाे छ भने १३ लाख २२ हजार आँखाको शल्यक्रिया गरेकाे छ । आँखा उपचार गराउन आएका विरामीले गर्दा लहानमा अर्बौ रुपैयाँकाे काराेबार भएको छ । लाखौं व्यक्ति प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राेजगार पाएका छन् । हिजो अस्पतालले ४० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउदै सेवालाई थप प्रभावकारी बनाउन सुविधा सम्पन्न नयाँ ओपिडि भवनको समेत समुदघाटन गरिएको छ। यसै बीच अन्धाेपन निवारणमा सहयाेग पुर्याएकाे याेगदानलाई कदर गर्दै सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आयोजित ४० औँ वार्षिकोत्सबकाे अवसरमा लहान नगरपालिकाका मेयर महेश चौधरी सम्मानित भएका छन्। मेयर चौधरीले नगरपालिकाकाे आर्थिक सहयाेगमा नगरपालिकाकाे २४ वटै वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन र शल्यक्रिया गर्नुपर्ने विरामीकाे निःशुल्क आँखा शल्यक्रिया गर्दै आएको छ । हालसम्म वडा नम्बर १५, १२, २, ४, १९, ९, २२, ७, ११, ८, २०, ३ र १७ गरि १३ वटा वडामा शिविर सम्पन्न भईसकेकाे छ । उक्त शिविरमा ३ हजार ७९९ जनाले आँखा जाँच र ५२७ जनाले निःशुल्क शल्यक्रिया गराएको र  बाँकी वडाहरुमा क्रमशः शिविर सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

 

रोटरी कलब अफ लहान द्वारा नि:शुल्क
बैशाख ७, २०८० | फिरोज शेख
लहान ५ मा नि:शुल्क आँखा शिविर
फाल्गुन २८, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.