शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेल्फी रोडको स्ट्रीट लाईट खर्च विवरण सार्वजनिक
फाल्गुन २०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २० -
सिरहाको लहान नगरपालिका वडा न ८ राेड नं. २ अर्थात्  सेल्फी राेडको सौन्दर्यकरण गर्न सडकमा जडान गरिएको स्ट्रीट लाईटको खर्च विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ। शुक्रबार लहान ८ को कार्यलयमा वडा अध्यक्ष श्याम साह भोरे भोरले पत्रकार सम्मेलन गरि स्ट्रीट लाईटको खर्च विवरण सार्वजनिक गरेका हुन्। वडा अध्यक्ष भोरे भोरका अनुसार लहान ८ स्थित भावना एण्ड दौलत देखि गणेश चौक कर कार्यलय सम्म र लहान ८ को क्ल्भट देखि घण्टा गर सम्म जम्मा १२० वटा पौल सहित स्ट्रीट लाईट र झण्डा लगाउने काम पूर्णतया सम्पन्न भएको जनाए। उक्त कार्यमा लहान नगरपालिका बाट वडा कार्यलयलाई विकास निर्माणका लागि यस आर्थिक बर्षमा उपलब्ध गराइएको ५० लाख बजेट मध्ये विभिन्न टुक्रे योजनाहरुको शिर्षकमा राखिएका सिल्लिङ्गको योजना परिवर्तन गरि वडा कार्यलयले यस योजनाका लागि १४ लाख २५ हजार छुट्याएको र लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले आफ्नो निजि कोष बाट ७ लाख उपलब्ध गराउदा स्ट्रीट लाईट जडान योजनाका लागि कुल रकम २१ लाख २५ हजार भएकोमा यस योजनाको इस्टिमेट खर्च २० लाख ७४ हजार ६९४ रुपैया ९६ पैसा गरिएको थियो। 

जस अन्तर्गत योजना सम्पन्नका लागि उदय कटेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि मिति २०७९ असोज ७ गते देखि जडान कार्य शुरु गर्दै २०७९ माघ १६ गते पूर्ण रुपमा योजना सम्पन्न भय। १२० वटा पौलमा स्ट्रीट लाईट जडान गर्दा जम्मा कुल रकम १२ लाख ५८ हजार १६४ रुपैया खर्च भएकोमा लहान नगरपालिकाले रित पुर्वक कर कट्टा गरि १२ लाख ४० हजार ७१२ रुपैया भुक्तानी गरेको हुँदा प्रति पौल स्ट्रीट लाईट जडान खर्च १० हजार ३३९ रुपौया भएको वडा अध्यक्ष श्याम साह भोरे भोरले जानकारी दिए। वडा अध्यक्ष भोरे भोरले बाँकी रहेका रकम कुनै ठोस योजनामा खर्च गर्ने समेत जानकारी गराउदै यस बारेमा कसैलाई केहि सुचना लिनु परे लहान नगरपालिकाको सुचना अधिकृतलाई सम्पर्क गर्न अनुरोध समेत गरेका छन्। पत्रकार सम्मेलनमा वडा सदस्यहरुको पनि उपस्तिथी रहेको थियो। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
लहानमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
साउन २७, २०८० | सरगम खबर समाचारदाता
लहान नगरपालिका द्वारा बजार अनुगमन
साउन १, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.