शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सदन निर्माणका लागि वडा अध्यक्ष ( भोरे भोर )द्वारा करौडौको
फाल्गुन २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २२ - 
सिरहाको लहानमा सोनार सेवा सदन निर्माणका लागि एक वडा अध्यक्षले आफ्नो समाजको उत्थानका लागि करिब दुई करोडको जग्गादान गरेका छन्। लहान नगरपालिका–वडा न.८  नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष श्याम साह ( भोरे भोर ) एक करोड ७५ लाख मुल्य बराबरको दुई कठ्ठा एक धुर जग्गादान गरेका हुन् । वडा अध्यक्ष साहले करिब १५ दिन पहिलानै सोनार सेवा सदनको नाममा उक्त जग्गा पास गरेको सोनार सेवा सदन समिति लहान -७ सिराहा एवं सोनार समाज द्वारा आयोजित होलि मिलन तथा जग्गा दाता सम्मान कार्यक्रममा आयोजकले जानकारी गराएका छन्। 

यसै बीच होली मिलन तथा सम्मान कार्यक्रममा आयोजकले जग्गादान गर्ने वडाअध्यक्ष श्याम साह (भोरेभोर) सहित उनका ममतामय आमा फुलो देवी साह र उनका छोरीलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका छन्। दान गरिएको जग्गा लहान–७ स्थित टनप्लानिङ्गमा रहेको सोनार समाजका जिल्ला अध्यक्ष जय प्रकाश साहले जानकारी गराए। सम्मानित भएका वडा अध्यक्ष साहले शुभकामना मन्तव्य राख्दै ‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु,’ बताउनु हुँदै अब भवन निर्माणमा पनि मेरो अहम भूमिका रहनेछ प्रतिबध्ता समेत जनाएका छन्।

त्यस्तै यस समुदायको पछाडी रहेका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले भूमिका खेल्ने र सदन निर्माण भएपछि सहयोग पुग्ने समाजका माइन्जन देवनारायण साहले बताए। माइन्जन साहले उपस्थित समाजका सम्पूर्ण अगुवा,समाजसेवी , व्यवसायी , बुद्धिजी तथा महिला वर्गमा सोनार सेवा सदन निर्माणका लागि आर्थिक सहयोग गर्न पनि आह्वान गरे। माइन्जन साहको अध्यक्षता तथा वडा अध्यक्ष भोरे भोरको प्रमुख आतिथ्यतामा सम्पन्न होलि मिलन तथा सम्मान कार्यक्रममा संचारकर्मी तथा लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख ,जिल्ला अध्यक्ष जय प्रकाश साह ,समाजका अगुवा युवा मोनु साह लगायतले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य राख्ने क्रममा समाजका अगुवा युवा मोनु साहले आफ्नो आमा बुवाको नाममा सदन निर्माणका लागि २१0 बोरा सिमेन्ट दिने उद्घोष गरेका छन्। कार्यक्रममा उपस्थित सबैले एक आपसमा सद्भाव प्रकट गर्दै उत्साहका साथ रंगीचंगी अबिर लगाउदै होलि मिलन कार्यक्रम सम्पन्न गरेका छन्। 

सदन निर्माणका लागि वडा अध्यक्ष (
फाल्गुन २२, २०७९ | फिरोज शेख
सेल्फी रोडको स्ट्रीट लाईट खर्च विवरण
फाल्गुन २०, २०७९ | फिरोज शेख
सबैखाले परिवर्तनको जग हो प्रजातन्त्र :
फाल्गुन ८, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.