शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका ११८ गर्भवति महिलालाई खाद्यान्न वितरण

7 Views

फाल्गुन २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २२ - 
लहान नगरपालिका द्वारा वडा १३ र १४ का ११८ गर्भवति महिलालाई पोषणको लागि खाद्यन्न वितरण गरिएको छ । सोमबार होलि पर्वको पुर्व सन्ध्यामा उनीहरुलाई खाद्यन्नमा १० किलो चामल, एक लिटर खानेतेल, मटर, चना र दाल वितरण गरिएको हो।खाद्यन्न वितरण कार्यक्रममा प्रमुख अतिथि मेयर महेश चौधरी, विशिष्ठ अतिथि उपमेयर रामचलितर महतो, वडाअध्यक्ष धनिकलाल यादव, स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डललगायतको सहभागीता रहेको थियो।

मेयर चौधरीले ‘गर्भमा भएका बच्चा र गर्भवति महिला दिदी बहिनीहरु स्वस्थ्य रहुन भनेर पोषण वितरण अभियान चलाएको र थोरै भएपनि महिलाहरुलाई जागरुक बनाएको बताए । कोरोना कहरमा स्वर्गीय संगिता कर्माचार्यले गर्भवति महिलाहरुलाई राहत वितरण अभियान सञ्चालन गरेको थियो । उहाँको मृत्यु त्यही अभियानकै क्रममा कोरोना संक्रमित भई भएको थियो । त्यही अभियानलाई नगरपालिकाले आत्मसात गरी प्रतेक महिनाको २२ गते सञ्चालन गरिरहेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.