शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको खुसियालीमा दीप प्रज्ज्वलन
फाल्गुन २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २६ - 
नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा सिरहाको लहानमा दीप प्रज्ज्वलन गरिएको छ। लहान नगरपालिका शहिद चौक स्थित विहिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो। लहान नगरपालिकाको आयोजनामा आयोजित दीप प्रज्ज्वलन कार्यक्रमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी, उपप्रमुख राम चलितर महतो,वडाअध्यक्ष बद्री नारायण चौधरी, मनाेज काेईराला, कांग्रेस नगर सचिव संजय कुमार यादव, माओवादी नेता विजय गुप्ता, जसपाका नेता वैजनाथ साह, सिडेन जिल्ला अध्यक्ष विनाेद यादव, प्रेस युनियन मधेस प्रदेश उपाध्यक्ष रमिता नेपाल, कांग्रेस जिल्ला सदस्य सर्मिला पाेखरेल, रामगणेश दास, वार एसाेसिएन जिल्ला काेषाध्यक्ष सन्ताेष सुवेदी, सुरुङ्गा नगरपालिका कांग्रेस सभापति अशोक चौधरी, लहान २३ का कांग्रेस नेता कन्हैया गुप्ता, धनगढीमाई १ का कांग्रेस सभापति सन्ताेष यादवलगायतकाे सहभागिता रहेको थियाे ।

कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख चौधरीले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा नेपालि कांग्रेसको गौरव बढेको बताउनु हुँदै संविधानको रक्षा,समग्र देशको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि नव निर्वाचित राष्ट्रपति पौडेलले अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो। बिहीबार संघीय संसद्‍मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन्। उनी सँगै नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा रहेका थिए ।प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.