शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न , ३६० जना

8 Views

फाल्गुन २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २८ - 
लहान नगरपालिका-५ मा नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा आएर सम्पूर्ण वडावासीलाई आँखा जाँच गराउन मेयर महेश चौधरी र उपमेयर रामचलितर महताे र वडा अध्यक्ष अब्दुल करिमलगायतले आग्रह गरेका थिए। शिविरमा ३६० जनाको आँखा चेकजाँच  गर्दा २१८ जनालाई वडा न ५ द्वारा नि:शुल्क औषधि वितरण गरिएको छ। भने शिविरमा फेला परेका ५७ जना मोतिविन्दुका विरामीलाई  लहान नगरपालिकाको सहयोगमा सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रिया गरिने जनाइएको छ। लहान नगरपालिका वडा न.५ का वडा अध्यक्ष अब्दुल करिमको अध्यक्षता तथा मेयर महेश चौधरीको प्रमुख आतिथ्यतामा शनिबार लहान ५ झण्डा पार्क स्थित शिविर सम्पन्न भएको हो।

नगरपालिकाले १००० जनालाई माेतिविन्दु देखा परेकाे विरामीलाई नि:शुल्क शल्यक्रिया गर्ने याेजना अन्तरगत २४ वटै वडामा नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै आईरहेकाे छ । हालसम्म लहान नगरपालिका वडा न. ५ सहित १५ वटा वडामा शिविर सम्पन्न भईसकेकाे छ । शिविर बाट हाल सम्म ५०० भन्दा बढी व्यक्तिले शल्यक्रिया गराउन सफल भइसकेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.