शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गणतन्त्र दिवसको अवसरमा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
जेठ १५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ १५ - 
१६औं गणतन्त्र दिवसको अवसरमा लाहान नगरपालिकाले नगर क्षेत्र सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लाहान नगर प्रमुख महेश प्रसाद चौधरीको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाजलगायतले नगर परिक्रमा गर्दै सरसफाई गरेका थिए।सरसफाई कार्यक्रम पश्चात लाहान स्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण लगत्तै कोणसभामा परिणत भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले भने '२ सय भन्दा बढी वर्षदेखि नेपालीमाथी जबर्जस्ती लादिएको एकात्मक सत्ता ढलेको दिन हो, आज । केन्द्रिकृत शासन ब्यवस्थालाई ढालेर ल्याईएको गणतन्त्र हामी नेपालीको लागि ऐतिहासिक छ ।  हजारौं जनताको बलिदानको जगमा बसेको यो गणतन्त्र हाम्रो ठूलो उपलब्धि हो ।'मेयर चौधरीले नगरका जनतालगायत सम्पुर्ण देशवासीमा गणतन्त्र दिवसको शुभकामना ब्यक्त गरेका छन्। कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले गर्नु भएको थियो। कार्यक्रममा लहान ६ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता रमेश गौतम ,गणेश चौधरी तथा वरिष्ठ संचारकर्मी विजय मिश्रले समेत आफ्नो धारणा राख्नु भएको थियो। 

 

यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
लहानमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
साउन २७, २०८० | सरगम खबर समाचारदाता
लहान नगरपालिका द्वारा बजार अनुगमन
साउन १, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.