शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेशसभा सदस्य दासको आरोपमा कुनै सत्यता छैन : मेयर चौधरी
जेठ १७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ १७ - 
आफु माथि प्रदेशसभा सदस्य ललिता दासले लगाएको आरोपमा कुनै सत्यता नरहेको मेयर महेश चौधरीले बताएका छन्। विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आइतबार विद्यालयका बालिकाहरुको स्वच्छता अभियान अन्तर्गत पशुपति माविमा महिनावारी तथा सरसफाई प्रदर्शनी मेला आयोजना भएको थियो । त्यहाँ कार्यक्रम संचालकबाट भएको त्रुटीलाई जोडेर आफु माथि प्रदेशसभा सदस्य ललिता दासले झुठो आरोप लगाउँदै आएको मेयर चौधरीले बताएका छन्।

यता कार्यक्रम आयोजक विनोद विसुन्केका अनुसार ‘प्रदेशसभा सदस्य दासलाई आशन ग्रहण गराउने क्रममा कार्यक्रम संचालकले मर्यादाक्रम मिलाउन सकेका थिएन । त्यो त्रुटी भएको हो । हामीलाई सच्याउन मौका पनि नदिई उहाँ तुरुन्तै अन्त कार्यक्रममा हिडनुभयो,’विसुन्केले भने,‘मेयर चौधरीले कार्यक्रममा दासलाई प्रमुख अथिति राख्ने÷नराख्ने विषयमा एक शब्दपनि उच्चारण गर्नुभएको थिएन ।’ प्रदेशसभा सदस्य दासले समाजिक संजालमा दलित भएकै कारण प्रमुख अतिथिबाट हटाउन लगाएको र आफुलाई जातीय विभेद गरेको कुरामा कुनै सत्यता नरहेको दलित जनकल्याण युवा क्लवका विनोद विसुन्केको तर्क छ। कार्यक्रम संचालकबाट भएको त्रुटीले सृजना भएको प्रस्थितिको क्षमा पनि हामीले सोही दिन विज्ञप्ती जारी गरी मागेको उनले सुनाए।

तर, प्रदेश सभा सदस्य झन उग्र भएर मधेस प्रदेशको सदनमै मेयर महेश चौधरीमाथि झुठो आरोप लगाएर मन्तव्य दिएको प्रति मेयर चौधरीको ध्यान आकर्षण भएको छ। दासले लगाएको आरोपमा कुनै सत्यता नरहेको मेयर चौधरीले प्रेस विज्ञप्ति जारि गर्दै जनाएका छन् ।‘आफु सदैव महिला, दलित र विपन्न समुदायको लागि एक कदम अगाडी बढेर कार्य गर्दै आएको छु । उक्त समुदायहरु नै मेरो राजनीतिको जग रहेको छ,‘गलत मनसायका साथ प्रदेशसभा सदस्य दासले मलाई बदनाम गर्न लागेको मेयर चौधरी द्वारा जारि गरिएको विज्ञप्तिमा उल्लेख छ।’

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.