शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नवराजपुरमा बाटो बनाउने क्रममा दिनहुँ लफडा
जेठ २१, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० जेठ २१ - 
सिराहाको नवराजपुर गाउँपालिका भित्र सडक विवाद उत्कर्षमा पुगेको छ। पालिकाद्वारा गरिएको सडक विस्तारको क्रममा दिनहु जसो विवाद तथा दुई पक्षीय भिडन्त हुने गरेका छन् । नवराजपुर-३ मझौराको स्थानीय शिवनाथ यादवको घर अगाडि रहेको करिब १०० फिट उत्तर-दक्षिण दिशाको भित्री बाटोको कारण अवस्था तनावग्रस्त बन्न पुगेको घटना नसेलाउदै पुनः अर्को घटना बाहिरिएका छन्। नवराजपुर-२ मझौरा निवासी  स्थानीय निपुर्वती यादवको अगाडीको शाखा सडक फराकिलो बनाउने क्रममा निजि जग्गामा पालिकाले डोजर लगाउदा लफडा भएको हो । स्थानीय उमेश कुमार यादवका अनुसार उक्त बाटो १० फिट कयाम रहेपनि वडा अध्यक्ष सुरेश कुमार यादवले हामीलाई बन्दि बनाई बल प्रयोग गरि हाम्रो निजि जग्गामा रहेको शौचालय र वाल डोजर प्रयोग गरि तोडेको आरोप लगाए। यादवका अनुसार सडकको अगाडी र पछाडी १०/१० फिट मात्र कायम गरेको र बिचमा पर्ने हाम्रो घर अगाडी १४ फिट हुनु पर्ने भन्दै बल प्रयोग गरि राजनीतिक प्रतिशोधका कारण हाम्रो घरमा तोडफोड गरेको दुखेसो पोखे।

जेठ १९ गते शुक्रवार पालिकाद्वारा बाटो फराकिलो गर्ने क्रममा जग्गा धनि निपुर्वती यादव , उमेश कुमार यादव र विवेक यादव संग पालिका बाट खटाइएका नगरप्रहरी संगै आएका वडा अध्यक्ष  बीच विवाद हुँदा अवस्था तनावग्रस्त बन्न पुगेको थियो। दोहोरो झडपमा स्थानीय विवेक यादव ,चन्द्रकान्त यादव र हरी यादव घाईते भएका थिए। 'पालिकाले नगरप्रहरी खटाई हाम्रा परिवारजनलाई निर्ममतापुर्वक पिटेको जग्गा  धनिका नाति विवेक यादवको आरोप रहेको छ। उनले थप्दै भने हामीले आदालतमा मुद्दा गर्यौ, निशेधाज्ञा आयो तर पालिकाले मानेनन् ,उल्टै हामीलाई शास्त्र प्रहरीलाई बोलाई नियन्त्रणमा लिएर घरमा डोजर चलाए। झडपको क्रममा मैले लगाएको एक तोला भन्दा बढीको सुनको सिक्री समेत खोसेको उनको आरोप छ।

उता, गाउँपालिकाको प्रतिक्रिया लिदा पालिका अध्यक्ष शिवउदगार यादवले आफू आदालतको अवहेलना नगरेको दावी गरेको छ । अध्यक्ष यादवले भने 'निशेधाज्ञाको बारेमा पालिकालाई कुनै किसिमको आधिकारिक जानकारी छैन कुरा रहयो विवादित बाटोको त उक्त बाटो १०  फिट नभएर १४ फिटको हो । बोर्ड सदस्यले निर्णय गरेकोलाई हामीले कार्यान्वयन मात्र गरेको हो कुनै नयाँ थप कुरा छैन।'त्यो जग्गा गाउँ ब्लक मा पर्छ र अतिक्रमित जग्गा खालि गराएका छौ ,रोडको अहिले नक्सा पनि कटेको छैन ,विकास निर्माणको क्रममा आरोप -प्रति आरोप लगाउनु स्वाभाविक नै हो। यदि म गलत ठहरिए सम्मानीय अदालतको फैसला अनुसार कारवाही भोग्न तयार छु ,भनि दाबि गरे। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.