शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका द्वारा बजार अनुगमन

7 Views

साउन १, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन १ - 
लहान नगरपालिका पशु विकास शाखाको आयोजना, नगर उपप्रमुख रामचलितर महतोको अध्यक्षता र नगर अनुगमन संयोजक तथा लहान ८ का वडा अध्यक्ष श्याम साह भोरे भोर ,लहान नगरपालिकाका प्रवक्ता एवंम लहान ६ का वडा अध्यक्ष रमेश गौतम ,पशु विकास संयोजक लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी ,पशु विकाश अधिकृत राम कृष्ण यादव लगायत प्राविधिक टोलि र संचारकर्मीको उपस्तिथीमा लहानका मासु पसल ,एग्रोभेट पसल ,डेरी उधोग ,पशु फार्ममा संयुक्त अनुगम गरिएको छ। अनुगमनको क्रममा " केहि पसलहरु व्यवस्थित देखिए पनि अधिकांस पसलहरुमा सरसफाईको कमि , सडक पेटी ओगटेको , नगरपालिकामा दर्ता नभएको लगायतका समस्याहरु देखिए पछि समस्या सामाधानका लागि १५ दिनको म्याद दिइएको छ। १५ दिन पछि आगामी अनुगमनमा समस्या सामाधान भएको नदेखिए नियमानुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ।

आइतबार सम्पन्न अनुगमनमा मधेश स्वराज नमुना गाई फर्म लहान १० ,स्मार्ट लहान डेरी उधोग लहान ६ , राधे राधे डेरी उधोग लहान १  ,मिर्दहा एग्रोभेट लहान १ ,न्यु राधे राधे डेरी उधोग लहान २ ,सदाम फ्रेस मिट हाउस लहान १ तरकारी बजार  ,ललन फ्रेस हाउस एण्ड सप्लायर्स लहान १ ,श्याम फ्रेस मिट हाउस लहान ,न्यु सदाम फ्रेस मिट हाउस ,चौधरी फ्रेस मिट हाउस तरकारी बजार ,मुस्ताक फ्रेस मिट हाउस लहान ६ ,चौधरी फ्रेस मिट हाउस लहान ६ लगायतका पसलहरुमा अनुगमन गरिएको हो। 
 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.