शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न

2 Views

साउन २७, २०८० | सरगम खबर समाचारदाता

अनुपम झा लहान २०८० श्रावन २७ गते -   
मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ लहान सिटि जेसिज,ब्लड फोर नेपाल र ईलाका प्रहरी कार्यलय लहानले  आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वर्तमान अवस्थामा विरामिहरुकालागी चाहिने रगतको चरम आभाव देखिएको हुँदा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी लहानको प्राविधिक सहयोग , मिथिला सोसल क्लव र दिपशिखा धितोपत्र कारोबार कम्पनि लहानले पनि सहकार्य गरेका थिए। लहान -७ दुर्गा मन्दिर स्थित सम्पन्न एक दिने रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदा गरेको कार्यक्रम संयोजक लहान सिटि जेसिजका सचिव शिवानन्द चौधरीले जानकारी दिए।

रक्तदान कार्यक्रममा लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेखले बोल्दै समय समयमा रक्तदान गर्नु मृत्युको दोसाँधमा पुगेका व्यक्तिहरुका लागि जिवनदान हुन्छ भने रक्तदान गर्ने व्यक्तिको रगत हरेक ३-३महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाइ रगतको अभावमा रहेका व्यक्तिलाइ उपलब्ध गराउनु निकै ठूलो पुण्यको काम भएको बताउनु हुदै युवाहरूलाई समाजको नेतृत्व गर्न र समाजलाई नजिकबाट चिन्नका लागि जेसिजको माध्यमबाट सामाजिक गतिविधिमा संलग्न हुनु अभिप्रेरित गर्न विभिन्न सामाजिक काॠ गर्दै आएको बताउनु भयो ।

ईलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर कृष्णा खत्रीले रक्तदान गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो।  कार्यक्रममा लहान सिटि जेसिजका महासचिव उमेश यादव ,कोषाध्यक्ष उमेश साह ,पुर्व अध्यक्ष विकास सारडा ,बसन्त साह ,अजय जयसवाल लागायत ब्लड फोर नेपालका संयोजक सन्तोष यादव संगै आयोजक तथा सहयोगी संस्थाका पदाधिकारीहरुको पनि उपस्तिथी रहेको थियो। टेन्टका सम्पूर्ण व्यवस्थापन पुजा टेन्ट हाउसका संचालक महेन्द्र गुप्ताले गरेका थिए "भने ठाउँ तथा बत्ति व्यवस्थापनमा मनिष सारडाले सहयोग गनु भएको थियो। 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.