शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरसफाइ जनचेतना अभियान शुभारम्भ
कार्तिक ४, २०८० | फिरोज शेख

 

ोज शेख लहान २०८० कार्तिक ४ - 
सिरहाको लहानमा आज बाट सरसफाइ जनचेतना अभियान शुभारम्भ गरिएको छ। "हाम्रो अभियान ,जथाभावी फोहरमुक्त लहान " भन्ने मूल नारा सहित लहान नगरपालिकाको सहयोग तथा लायन्स क्लब अफ लहान फुलबारीको आयोजना " सरसफाइ जनचेतना अभियान " कार्यक्रमको शुभारम्भ लहान -७ दुर्गा मन्दिर को प्रांगण बाट लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा, क्यन्सर केयर सेन्टर लहानका अध्यक्ष अशोकलाल अमात्यको विशिष्ट आतिथ्यता र लायन्स क्लब अफ लहान सिटीका अध्यक्ष उमेश साह,लायन्स क्लब अफ लहान सनशाइनकी अध्यक्ष उर्मिला हमाल , जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका कोषाध्यक्ष श्याम गुप्ता, पत्रकार फिरोज शेख र महेश सिंह ,  लगायत विभिन्न संघ-संस्था प्रतिनिधि , लायन्स क्लव अफ फूलबारीका पदाधिकारी, समाजसेवी लगायतको उपस्तिथिमा कार्यक्रमको शुभारम गरिएको छ। कार्यक्रममा शुभकामना आदान-प्रदान संगै जनचेतना जगाउन मेयर चौधरी संगै उपस्थित सम्पूर्ण अतिथि तथा सरसफाईकर्मीहरुले दुर्गा मन्दिर क्षेत्र सरसफाई समेत गरेका छन्। लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष राजबाबु साहको अध्यक्षतामा  शुभारम्भ भएको अभियान कार्यक्रमको संचालन लायन्स क्लब अफ लहान फुलबारीका महासचिव मानिस सारडाले गर्नु भएको थियो। 


 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.