8 Views
शुभ नारायण यादव -
सप्तरी, ११ चैत । सप्तरीको बेल्ही चपेना गाबिसमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर संचालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको समन्वयमा पारामेट एण्ड ल्यावस्टोक एशोसिएशनको प्राविधिक सहयोग तथा गाउँ विकास समितिको कार्यालय बेल्ही चपेनाको आयोजनामा आयोजित सो स्वास्थ्य शिविरमा २ हजार गाई ,भेसी पाडा, पाडीलाई खोरेत रोगको सुई लगाईएको पशु सेवा केन्द्रका पशु स्वास्थ्य प्राविधिक हेम नारायण मण्डलले जानकारी दिनुभयो । त्यस्तै ६ सय ५० बाख्रालाई पिपिआरको सुई लगाईएको उहाँले जानकारी दिनुभयो ।
गाबिस सचिव तथा अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.अशोक कुमार सिंह ,पशु चिकित्सक विश्वनाथ साह ,प्राविधिकहरु बद्री मण्डल ,राम कुमार शर्मा ,संतोष चौधरी ,पिन्टु कुमार यादव ,हरीवन साह ,पाण्डे कुमार मेहता ,रामकिसुन यादव,सत्य नारायण चौधरी ,अरुण चौधरी सहितकाहरुले प्राविधिक सहयोग गरेको थियो ।त्यस्तै सो शिबिरमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल ,काग्रेसका ओम प्रकाश मण्डल ,रामसपाका जिल्ला उपाध्यक्ष राज कुमार मण्डल राजन सहितकाहरुको उपस्थिति रहेको थियो ।