8 Views
फिरोज शेख लहान २०७६ जेठ ३२ -
विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको ‘एल एण्ड एन मोडल एजेन्सी’को आयोजनामा आज शनिबार सिरहाको लहानमा लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” को ग्राण्ड फिनाले दिनको १ बजे देखि वाटिका टुरिजममा हुदैछ। यसअघी प्रदेश २ अन्तर्गत बिभिन्न स्थानमा धेरै फेशन सो सफलता पुर्वक सम्पन्न गरिसकेको एल एण्ड एनले लहानमा पनि यो इभेन्ट सफलता पुर्वक सम्पन्न गर्ने विश्वास लिएको छ। प्रदेश २ को लहानमा पहिलोपटक हुन लागेको फेस्ट तथा फेसन शो लाई भव्य बनाउने गरी तयारी थालेको जनाएको छ । उक्त फेस्ट शोमा विविध सांगीतिक प्रस्तुतिसमेत राखिएको एल एण्ड एन मोडल एजेन्सी का म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले रेडियो सरगम संगको अन्तर्वार्तामा जानकारी दिए । उनले भने, ‘लुकेका युवा प्रतिभालाई बाहिर ल्याउनु तथा स्थानिय स्तरमा उत्पादन भएका सामग्रिको प्रचार-प्रसार गर्नु यस फेस्टको मुख्य उद्देश्य रहेको छ ।’हामि विकसित क्षेत्रमा मात्र शो गर्ने नभई नेपालका हरेक कुना कुनामा गएर सबैमा लुकेको प्रतिभालाई ठूलो स्तरमा ल्याएरै छोडने छौ । एल एण्ड एनले यस क्षेत्रका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट एवं नयाँ शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तर्रा्िष्ट्रय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा लहानमा शो गरेका छौ।
लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट”मा नेपालका चर्चित गायक कमल खत्री, गायक सन्दिप न्यौपाने, गायक कर्ण राज गिरी, मिथिलाका चर्चित युवा गायक सरोज सन्त, मोडल तथा बेलि डान्सर छिरिङ्ग लामा , क्रेटिभ डान्स एकेडमी लहान लगायतको विशेष प्रस्तुति रहने छ । साथै फेसन शोमा मोडल प्रशिक्षक नितेन्द्र कर्ण, कोरियोग्राफर सोनु कर्ण द्धारा कोरियोग्राफ गरिएको स्थानीय १९ जना लेडिज मोडल तथा १६ जना जेन्स मोडल गरी ३५ जना मोडलले समेत आफ्नो प्रस्तुति दिनेछन। आज हुने फेशन शो का लागी रु ५ सय देखि १ हजारको टिकट राखिएको बताइएको छ। कार्यक्रमको ब्यबस्थापन ‘एल एण्ड एन मोडल एजेन्सी’का कृष्ण कर्णले गरेका छन्।