2 Views
फिरोज शेख लहान २०७६ असार १८ -
सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिका वडा न. ६ मा ( लक्षित वर्गको कार्यक्रम अन्तर्गत ) अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो। वडा अध्यक्ष अरुण केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्ग पूर्णस्थापना केन्द्रका अध्यक्ष संजय अग्रवाल, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , वडा सदस्यहरु रमेश गौतम, गणेश पण्डित लगायतको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा वडा न.६ का १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पंखा वितरण गरिएको छ। लहान ६ मा वसोवास गरिरहेका गिन्नी कुमार साह,कृष्ण कुमार साह,दिलिप कुमार राम,चन्द्रकान्त उपाध्य ,आचल कुमारी पासवान,नविन कार्की,मनका पण्डित,बुलुवा सहनी,अजित राम,श्याम पण्डित,जोगी सहनी,द्शैया पासवान,राधा साह,रास लाल सहनी लगायत नाम न खुलेका विरेन्द्र यादवको छोरा, अविनाश गुप्ताको आमा र नितुको हजुर आमा लाई यसुडा कम्पनीको पंखा वितरण गरिएको छ।