शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजाजको म्याक्सिमा सी लहान बजारमा

10 Views

भाद्र १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र १९ - 
भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी लहानमा भित्रिएको छ । लहानमा अवस्थित नविन इन्टर प्राइजेज प्रालिले बजाजको म्याक्सिमा सीलाई लहान बजारमा विक्री गर्नेछ। बुधबार एक कार्यक्रमको आयोजना गरी तीनपांग्रे बजाज म्याक्सिमा सीको बारेमा जानकारी गराइएको छ । बजाज म्याक्सिमा सी लाई मालसामान ढुवानीका लागि उपयोगी हुने दावी गर्दै सस्तो, बलियो र किफायती साधनको रुपमा परिभाषित गरिएको छ। लहानका व्यवसायीहरुको उपस्थितिमा नविन इन्टरप्राइजेज प्रालिले बजाज म्याक्सिमा सीलाई लहानमा सार्वजनिक गरेको हो । ख्यातीप्राप्त बजाज ब्राण्डको तीनपांग्रे बजाज म्याक्सिमा सी लाई साना, मझौला व्यवसायीहरुले ढुवानीका लागि उपयोग गर्न सक्ने बजाज अटो प्रालिका मार्केटिंग अफिसरले जानकारी दिनुभयो। ४० देशमा टेष्ट भइसकेको २३६ सीसीको बजाज म्याक्सिमा सी मा ६ सय किलोसम्म सामान बोक्नसक्ने क्षमता रहेको छ। 

 

टिभिएसको रेडर, एनटर्क र रेडिअन
आश्वीन ५, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.