शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार हुँदै
कार्तिक २८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ कार्तिक २८ - 
प्यारागन लिट्टिल आईकनको फिनाले आउदो शनिबार हुने भएको छ। विङ्स इन्टरटेन्मेन्टको प्रस्तुति तथा लहान प्यारागन पब्लिक स्कुलको आयोजनामा आयोजित प्यारागन लिट्टिलआईकन २०७६ को ग्राण्ड फिनाले कार्तिक ३० गते शनिबार दिउँसो हुने भएको छ ।वालवालिकाको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै उनिहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको यस कार्यक्रमका लागि बन्द प्रशिक्षण भइरहेको कार्यक्रमका सन्चालक तथा नृत्य निर्देशक एम जे मिथुनले जानकारी दिए। प्यारागन स्कुलको आन्तरिक कार्यक्रम रहेकाले यसमा अरु विधालयका वालवालिकाहरु लाई समावेश नगरिएको र आफ्ना स्कुलका बिद्यार्थीले बिधालय शिक्षा बाहेक अतिरिक्त ज्ञान आर्जन गर्न सकोस भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रवन्ध निर्देशक उमेश चौधरिले बताए।

प्रतियागिताका लागि विभिन्न अडिशनमा छनोट भएका १५ जना छत्रछात्रा सहभागीहरुलाई बिभिन्न विषयमा जानकारी दिन र उनीहरुको क्षमता विकास  गर्न बन्दप्रशिक्षण शुरु गरिएको छ। बन्द रुपमा हुने प्रशिक्षणको सहजीकरण तथा अफिसियल कोरियोग्राफरका रुपमा उदयपुर लिट्टिल आईकन सिजन २ का विजेता तथा ताल डान्स हाउसका सहायक नृत्य प्रशिक्षक निशान लिम्बूले गरिरहेका छन्। कार्यक्रमको फिनाले कार्तिक ३० गते शनिबार दिउँसो २ बजे देखि  विधालयको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका छन्।

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.