9 Views
फिरोज शेख लहान २०७६ पौष २० -
सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को फिनाले पौष २५ गते हुने भएको छ। के एस आर प्रोडक्सन नेपाल प्रालि काठमांडौको आयोजनामा " मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ फिनाले ईभेन्ट” हुने भएको छ। देशका विभिन्न शहरमा सफल ईभेन्ट तथा विभिन्न शो र कार्यक्रमहरुको आयोजना गरेर ख्याती कमाउन सफल के एस आर प्रोडक्सनले गत वर्ष पनि मिस्टर एण्ड मिस सिरहाको पहिलो सिजन ईभेन्ट सफलताका साथ् सम्पन्न गरेका थिए। के एस आर प्रोडक्सन नेपालका वर्तमान अर्ग्नाइजर तथा मिस्टर एण्ड मिस सिरहा सिजन १ को विजेता अलिसा शंकरका अनुसार समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण , लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अविबिर्द्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताईन। प्रतियोगीतामा सिरहाका १६ देखी २५ वर्ष उमेर समुहका १५ जना युवायुवतीहरुले सहभागिता जनाएका छन। प्रतियोगिता अन्तर्गत सनिबार सम्पन्न टाइलेंट राउन्डमा सहभागी १५ जना युवा युवतीहरुले नृत्य , गायन,महिला हिँसा,बेराजगारी लगायतका शिर्षमा आ-आफ्नो कला प्रस्तुत गरेका थिए।
दरबार होटल प्रालि लहानमा यहि पुस २५ गते आयोजना हुने फिनालेमा सिमरन भट्ट,दिव्य प्रकाश यादव,अन्जली ठाकुर,अमर साह,स्वस्तिका राउत,अविनाश सोनी,अनिल विक,दिपिका रसाइली,विशाल राय,बिकाश झा,सुप्रिया मण्डल,धिरज श्रेष्ठ ,नन्दनी साह,अरविन्द सिंह र मोहम्मद नजाम हुसेन रहेका छन। फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता हुने अर्ग्नाइजर अलिसा शंकरले जानकारी दिएकि छिन।फिनालेमा नेपालका दिगज कलाकर्मी तथा मोडलहरु जजको रुपमा रहने छन,भने नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन।
विजेता दुवै जनालाई नगद १/१ लाख ,मोड्लिंग एग्रिमेन्ट, नेपाल आइडलका रवि ओड संग मियुजिक विडियो गर्ने मौका,अन्तराष्टिय एयर होस्टेज फ्री तालिम, फस्ट रनरअप लाई ५०% एशक्लर्शिप र सेकेन्ड रनरअप लाई टाइटल होल्डरको तर्फ बाट ३०% एशक्लर्शिप, आकर्षक उपहार संगै अवार्ड र नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गर्ने आयोजक शंकरले जानकारी गराएकी छन।