शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश र सुप्रिया
पौष २६, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ पुष २६ - 
सिरहाको लहानमा शुक्रबार अबेर राति सम्पन्न मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को फिनालेमा मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश साह र सुप्रिया मण्डलले पाएकी छन। के एस आर प्रोडक्सन नेपाल प्रालि काठमांडौको आयोजना र दिनेश साहको आर्थिक सहयोगमा सम्पन्न " मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ फिनालेमा विकाश साह र सुप्रिया मण्डलले निर्णायक समितिमा बसेका दिग्गज जजहरुले सोधेको प्रशनको उत्कृष्ट जवाफ,अनुसाशन,रपहिरन,प्रस्तुति र लुक्सका आधारमा साह र मण्डल लाई निर्णायक समितिले मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को विजेता घोषित गरेका छन। देशका विभिन्न शहरमा सफल ईभेन्ट तथा विभिन्न शो र कार्यक्रमहरुको आयोजना गरेर ख्याती कमाउन सफल के एस आर प्रोडक्सनले वर्ष २०१८ मा पनि मिस्टर एण्ड मिस सिरहाको पहिलो सिजन ईभेन्ट सफलताका साथ् सम्पन्न गरेको थिए। के एस आर प्रोडक्सन नेपालका वर्तमान अर्ग्नाइजर तथा मिस्टर एण्ड मिस सिरहा सिजन १ कि विजेता एलिसा शंकरको अध्यक्षता तथा पुर्व शिक्षा मन्त्रि चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सिजन २ फिनालेमा फस्ट रनरअफ अरविन्द सिँह र स्वस्तिका राउत त्यस्तै सेकेण्ड रनरअफ दिव्यप्रकाश यादव र अँजना खाती भएकी छन्।

समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण , लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा सिरहाका १६ देखी २५ वर्ष उमेर समुहका १५ जना युवायुवतीहरुले सहभागिता जनाएका थिए।विगत एक महिनाको निरन्तर तालिम पश्चात आयोजना गरिएको फिनाले हेर्न र प्रतियोगीहरुको आत्मविश्वाश बढाउन लहानमा अवस्थित दरबार होटल प्रालिमा  सैयौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए। फिनालेमा सिमरन भट्ट,दिव्य प्रकाश यादव,अन्जली ठाकुर,अमर साह,स्वस्तिका राउत,अविनाश सोनी,अनिल विक,दिपिका रसाइली,विशाल राय,बिकाश झा,सुप्रिया मण्डल,धिरज श्रेष्ठ ,नन्दनी साह,अरविन्द सिंह र मोहम्मद नजाम हुसेन प्रतियोगीकोको रुपमा आ-आफ्नो प्रस्तुति दिएका थिए। फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता भएका छन।विजेता विकाश साह र सुप्रिया मण्डल लाई प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रि यादव र आर्थिक सहयोगी दिनेश साह संगै नितिश नन्दन यादवले ५०/५० हजारको नगद चेक हस्तान्तरण गरेका छन।

फिनालेमा नेपालका दिगज कलाकर्मी तथा मोडलहरु नजिर हुसैन,दिपक बराइली ,प्र्जिवल राज साक्य ,समिरा रावल,रिया क्षेत्री र एला अधिकारि जजको रुपमा निर्णायक रामितिमा रहेका थिए। कार्यक्रममा मिथिलाका चर्चित गायक सन्नु कुमार,नेपाल आइडल सिजन २ विजेता रवि ओड संगै लवलि कला केन्द्र,ब्रेक द विट्स स्टुडियो लहान लगायत नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको बेजोड प्रस्तुतिले उपस्थित सम्पुर्णलाई झुमाउदै नचाएका थिए। विजेता दुवै जनालाई नगद ५०/५० हजार संगै मोड्लिंग एग्रिमेन्ट, नेपाल आइडलका रवि ओड संग मियुजिक विडियो गर्ने मौका,अन्तराष्टिय एयर होस्टेज फ्री तालिम, फस्ट रनरअप लाई ५०% एशक्लर्शिप र सेकेन्ड रनरअप लाई टाइटल होल्डरको तर्फ बाट ३०% एशक्लर्शिप, आकर्षक उपहार संगै अवार्ड  नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गरिएको  आयोजक एलिसा शंकरले जानकारी गराईन।

कार्यक्रममा लहान नगरपालिका उप-प्रमुख सरियार चौधरी,नेपाली काँग्रेसका सिरहा सभापति रामचन्द्र यादव ,नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, जिल्ला उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य, शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , नेपाली कांग्रेसका केन्द्रिय सदस्य शैलेन्द्र कुमार यादव, युवा संघ सिरहाका सहसंयोजक आशानंद यादव, युवा संघका विवेक परियार,नेपाली कांग्रेसका राम गणेश दास, नेवि संघका सरोज यादव लगायत विभिन्न संघसंस्थामा आवध प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरु लाई आयोजक शंकरले खादा र मायाको चिनोले सम्मान गर्नु भएको थियो। कार्यक्रम लाई सफल बनाउन दिनेश साह, कृष्णा साह,नितिश नन्दन यादव,आशानंद यादव, विवेक परियार,सरोज यादव,गणा साह,दिपेन्द्र कामत ,दिपेश यादव,रमेश साह,सरोज यादव,पनालाल दासको विशेष सहयोग रहेको थियो।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.