शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान स्मार्ट फेशन शो २०२० को उपाधि शशि गोइत लाई
माघ १, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ १ - 
सिरहाको लहानमा मंगलबार राति सम्पन्न लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट २०२० फिनालेमा शशि गोइतले उपाधि हात पार्न सफल भएकी छिन। स्मार्ट टेलर्स र क्रेटिभ डान्स एकेडमी लहानको आयोजनामा सम्पन्न " लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट २०२० फिनालेमा निर्णायक समितिमा बसेका जजहरुले सोधेको प्रशनको उत्कृष्ट जवाफ,अनुसाशन,रपहिरन,प्रस्तुति र लुक्सका आधारमा गोइत लाई निर्णायक समितिले विजेता घोषित गरेका हुन्।स्मार्ट टेलर्सका संचालक राज्जाबुल अन्सारीको अध्यक्षता तथा लहान नगरपालिका वडा नम्बर ८ का अध्यक्ष विजय कुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न फिनालेमा फस्ट रनरअफ रोशन मुखिया,सेकेण्ड रनरअफ सरस्वती निरौला, थर्ड रनरअफ सारांस साह र फोर्थ रनरअफ पुर्णिमा यादव भएकी छन्।

समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण , लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा १६ देखी २५ वर्ष उमेर समुहका ३२ जना युवायुवतीहरुले सहभागिता जनाएका थिए।विगत एक महिनाको निरन्तर तालिम पश्चात आयोजना गरिएको फिनाले हेर्न र प्रतियोगीहरुको आत्मविश्वास बढाउन लहान ८ मा अवस्थित ठकनी देवी कुशवाहा अतिथि सदनमा सैयौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए। 

फिनाले कार्यक्रममा मिथिलाका चर्चित गायक सन्नु कुमार,सरोज सन्त,सोनी कुमारी,जागेश ठाकुर ,डान्सर माहि तनवीर खान,आशिष सिंह,क्रेटिव डान्स ग्रुप र ब्रेक द विट्स स्टुडियो लहान लगायत सहभागीहरुको बेजोड प्रस्तुतिले उपस्थित सम्पुर्णलाई झुमाएका थिए। विजेता लाई एउटा फिल्म खेल्ने मौका , नेपालि मियुजिक विडियो, फ्री ड्रेस,मोड्लिंग एग्रिमेन्ट लगायतका प्याकेजहरु प्रदान गरिएको छ,भने फस्ट रनरअप लाई मियुजिक विडियो खेल्ने प्याकेज लगायतका पुरस्कारहरु प्रदान गरिएको आयोजक मोहन कर्णले जानकारी दिएका छन। ईभेन्टको मिडिया पार्टन शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख र 3D मिडिया हाउसका संचालक तथा फोटो ग्राफर शुभाष श्रेष्ठ लगायत शो का डिजाइनर पिंक बुटिक गोलबाजर र स्मार्ट टेलर्स लहानका व्यवस्थापक, भिडिओ ग्राफर अमर साह, सुनचांदी व्यवसाय संघ लहानका अध्यक्ष श्याम साह भोरेभोर, लहान सिटि जेसिजका अध्यक्ष राजु मण्डल, सन्तोष डिजे साउण्डका प्रोप्राइटर सन्तोष राय, सरोज कर्ण ,ग्यान महतो लगायत टिमका सदस्यहरु इन्दिरा श्रेष्ठ,सविना श्रेष्ठ ,स्वेता सेन, मोहम्मद राजा अन्सारी ,ज्योति चौधरी र प्रति जयसवालको उपस्तिथि रहेको थियो। भने मेकअप सन्जु ब्युटी पार्लरको रहेको थियो। 

२०७६ मंसिर २९ गते र पुस ९ गते सम्पन्न अडिसन बाट सारन्स साह,सारिका मगर,सपना बराइली,सन्ध्या यादव,रबिना यादव,रोशनी गुप्ता,रोशन मुखिया,प्रियंका दास,पुर्णिमा यादव,कशिश साह,पूजा दास,ज्योति यादव,जमशाद शेख,इस्तेयाक आलम,आदर्श सोनी,बर्षा चौधरी,बिपलव चौधरी,धिरज मण्डल,आशिका लामा,शशि गोइत,तोफिक अन्सारी,सुस्मिता चौधरी,सन्तोष साह,सिधिरा सिंह,सोनी खातुन,सिता चौधरी,सिमरन,स्वेता सेन,श्रुतिराज रोनियार,सिमा यादव,आरती राम,सरस्वती निरौला र सुभम सोनी लाई कोर्योग्राफ़र सोनु कर्णले तालिम दिएका थिए। फिनालेको निर्णायक समितिमा कृष्णा कर्ण,विजय कुमार महतो, मोडल सुस्मिता श्रेष्ठ र फिरोज शेख रहेका थिए। भने उद्घोषण ललिता दासको रहेको थियो।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.