शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोजपुरी सिनेमाका चर्चित नायक निरहुआ र नायिका आम्रपाली रौतहट आउदै
माघ २३, २०७६ | सरगम खबर समाचारदाता

सरगम समाचारडेस्क मौलापुर रौतहट २०७६ माघ २३ -
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा "मधानी महायज्ञ - २०७६" आयोजना हुँदैछ । नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।  

यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ । आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पुजा अनुष्ठान गर्नेछिन् । पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ । 

फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ । फागुन ६ गते भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।  महायज्ञको सह-आयोजक एस राज प्रोडक्सनस प्रा.लि को सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ,  नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली,नेपाली तथा भोजपुरी गायिका सेलिना कुँवर,गायक तथा संगीतकार सन्तोष राज सहनी,सुनिल पंडित,बिजय यादव निर्बिज,सरिता साह,रचना सिवाकोटी, तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेती, स्मिता दाहाललगायतको सांस्कृतिक प्रस्तुति रहनेछ ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.