शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस्टर एण्ड मिस सिरहा २०२१ लहानमा हुदै
पौष १९, २०७७ | फिरोज शेख


सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा आइकोन २०२१ सिरहाको लहानमा हुने भएको छ। पी. प्रोडक्सन नेपाल प्रालिको आयोजनामा संचालन हुन गइरहेको" मिस्टर एण्ड मिस सिरहा २०२१ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ। देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गरेर ख्याती कमाउन सफल पी. प्रोडक्सनका कार्यक्रम संयोजक विशाल पासवानले समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण , बाल विवाह तथा लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अविबिर्द्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए। प्रतियोगीतामा सिरहाका १६ देखी ३५ वर्ष उमेर समुहका युवायुवतीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताका कोरियोग्राफर प्रशान्त साहले जानकारी दिए। प्रतियोगिता अन्तर्गत स्माइलि रेस्टुरेन्ट मा सनिबार सम्पन्न पहिलो अडिसनमा सहभागी १० जना युवा युवतीहरुले नृत्य , गायन,महिला हिँसा,बेराजगारी लगायतका शिर्षमा आ-आफ्नो कला संगै विचार प्रस्तुत गरेका थिए।

 फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता हुने संयोजक साहले  जानकारी दिएका छन्।फिनालेमा नेपालका दिगज कलाकर्मी तथा मोडलहरु जजको रुपमा रहने छन,भने नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन। विजेता दुवै जनालाई नगद पुरस्कार ,मोड्लिंग एग्रिमेन्ट, मियुजिक विडियो गर्ने मौका,विभिन्न तालिम, एशक्लर्शिप, आकर्षक उपहार संगै अवार्ड र नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन्। प्रतियोगिताको दोस्रो र तेस्रो अडिसन पछी सहभागी सबै लाई २० दिनको तालिम पश्चात मात्र फिनालेको मिति तय गरिने  आयोजकले जनाएको छ। पहिलो अडिसनको जजहरुमा संयोजक विशाल पासवान ,मिस वर्ल्डवाईड इन्टरनेशनल नेपाल २०२० विजेता सन्ध्या श्रेष्ठ ,मिस सिरहा २०२० विजेता सुप्रिया मण्डल संगै शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख रहेका थिए। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.