शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बाट थुनुवा फरार प्रकरण : तीन जना प्रहरी निलम्बित
असाड २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २७ - 
ईलाका प्रहरी कार्यालय लहानबाट ग्रील काटेर थुनुवा फरार प्रकरणमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले लागु औषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ बस्ने राम प्रकाश भन्ने पशुपति यादव ग्रील काटेर थुना बाट फरार भएको प्रकरणमा जिल्ला प्रहरी कार्यलय सिरहाले छानबिन समिति गठन गरी उक्त समितिले छानबिन गर्दै उक्त समयमा डियुटीमा खटिएका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक नीरिक्षक (सई), एक जना प्रहरी हबल्दार र एक जना प्रहरी जवान सहित तीन जना प्रहरीलाई तत्काल निलम्बन गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

थुनुवा फरार प्रकरण घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यलय सिराहाका डिएसपी एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यलयले जारि गरेको प्रेसनोटका अनुसार फरार भएका यादव अझै पक्राउ परेका छैनन् भने छानबिन समितिले आफ्नो अनुसन्धानलाई निरन्तरता दिदै कार्य गरिरहेको जनाइएको छ। यता निलम्बन गरिएका तिनै जना प्रहरीको नाम खुलाइएको छैन।  

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.