7 Views
फिरोज शेख लहान २०७८ श्रावन १ -
अंग्रेजी वर्ष सन् २०२१ को जनवरीदेखि जुन सम्मको ६ महिनाको अवधीमा सिरहामा ५२ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को पूर्व प्रकाशन अर्धवार्षिक समिक्षा गोष्ठीमा इन्सेक सिराहाका प्रतीनिधी दुर्गा परियारले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।परियार द्वारा प्रस्तुत प्रतिवेदनअनुसार सिरहा जिल्लामा २०७७ पुष देखि असार २० गतेसम्मको अवधिमा विभिन्न ५२ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् ।
जसमध्ये १७ वटा बालिका बलात्कार ,यौनदुर्व्यवहार ६ वटा ,महिला बलात्कार ८ वटा ,परिवारजन बाट ३ जना महिला हत्याको घटना ,अन्य बाट हत्याका घटना २ वटा , बलात्कार प्रयास ११ वटा ,दुर्व्यवहारका घटना १ वटा ,बेचबिखनका घटना १ वटा ,कथित बोक्सीको आरोपका घटना २ वटा ,बहुविवाह ४ वटा ,हतियार प्रहारबाट घाइतेका घटना १ वटा र बम बिष्फोट बाट घाइते १ वटा घटना गरि जम्मा ५२ वटा घटना भएका छन्। जसमा राज्यपक्ष बाट १ र गैर राज्यपक्ष बाट ५१ वटा भएका घटनामा परि ११ जना पुरुष ५५ जना महिला गरि ६६ जना पिडित भएका छन्।
मानव अधिकार संरक्षण केन्द्र संजालको समन्वयमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिका उप=प्रमुख सरियार चौधरी ,विशिष्ठ अतितिमा ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कृष्ण बहादुर खडका रहेका थिए ,भने अतिथिहरुला ईलाका प्रहरी कार्यलयका डिएसपी डाक्टर तपन कुमार दाहाल , संजालमा आवध पदाधिकारीहरु ,संचारकर्मी लगायत बुद्धिजीवीहरुको उपस्तिथी रहेको थियो।