शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
घटनालाई राजनीतिकरण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति न्यूनहुने : प्रदेश
साउन २६, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ श्रावन २६ - 
प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा अहिराजले हरेक घटनालाई राजनीतिकरण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति न्यूनहुने बताउनु भएको छ। सिरहा जिल्लाका सुरक्षा निकाय प्रमुख तथा सञ्चारकर्मिहरुसँग जिल्लाको सुरक्षा अवस्था, महिला हिंसा, जातिय विभेद तथा सुरक्षानिकायसँग सञ्चारकर्मीहरुको सहकार्यको विषयमा सिरहा सदरमुकाम सिरहामा भएको छलफलमा प्रदेश प्रमुख झाले समाज जागरुक, सचेत र सक्रिय भए अपराध न्यून भएर जाने र समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। त्यसको लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीहरुको विचमा सहकार्य आवश्यक रहेको बताउनुहुदै उनले यहाँ हुने अपराध र राजनीतिका घटनालाई छुट्याउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने हरेक घटनालाई राजनीतिकरण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति अवश्य न्यूनहुनेछन्। त्यसको लागि सञ्चाकर्मीहरुले अपराधिक घटनालाई राजनीतिकरण हुनबाट रोक्न अहम भूमिका निर्वाह गर्नुपर्ने बताए ।प्रदेश २ भ्रष्टाचारका कारण बद्नाम भएको प्रति इङ्गित गर्दै झाले भ्रष्टचार विरुद्धको लडाईमा सवै एकजुटहुनु पर्ने आग्रह गर्दै सवै राष्ट्रसेवक कर्मचारीहरुलाई ‘शिरमा देश र मनमा मधेश’ राखेर कार्यगर्न हुन् अनुरोध समेत गरे।

छलफलको कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, सीमाका समास्या र अन्य विषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी गराएका थिए । जिल्लामा कोभिड नियन्त्रणका लागि भएका कामहरु , भावीदिनमा हुनसक्ने सङ्क्रमण जोखिमलाई मध्येनजर गर्दै आवश्यक आईशोलेशन र अन्य व्यवस्थापनको कार्य बारे  प्रमुख झालाई जानकारी गराए। त्यस्तै शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापाले सेना नागरिक विच भएका कार्यहरुको बारेमा जानकारी गराए । भने विभिन्न घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हिरा बहादुर पाण्डेले जानकारी गराएका थिए । जानकारीकै क्रममा पाण्डेले अहिलेपनि जिल्लामा प्रत्येक महिना अशिक्षा र दहेजप्रथाका कारण तीनसय बढी महिला हिंसाका घटनाहरु हुनेगरेको तथ्यांक जिल्ला प्रहरी कार्यलय संग रहेको जनाए। सोहीक्रममा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी र राष्ट्रिय अनुसन्धान आयोगका जिल्ला प्रमुख तुलशिराम प्रसाईले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए। कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज यादव बनैता सहित दर्जनौ संचारकर्मीहरुको सहभागीता रहेको थियो।

छलफल कार्यक्रम हुनु भन्दा अगावै प्रदेश प्रमुख झा लाई नेपाल पत्रकार महासंघ सिरहा शाखाले लहानमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि प्रमुख झालाई सम्मान गरेका थिए। जिल्ला सभापति मनोज यादव बनैताको अध्यक्षता तथा निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता र जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भेटघाट तथा सम्मान कार्यक्रममा अशोकलाल अमात्यले यस क्षेत्रका व्यापारीहरुले सुरक्षा निकाय र सरोकारवालाहरुका कारण भोगिरहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए ,भने जिल्ला पत्रकार महासंघ सिराहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ताले जिल्लाका पत्रकार तथा मिडिया हाउसहरुको वर्तमान अवस्था र समस्याहरुको बारेमा जानकारी गराउदै प्रदेश २ सरकारले मधेश आन्दोलनका जग लहानलाई उपेक्षा गरेको आरोप लगाए। कार्यक्रममा सभापति बनैताले प्रदेश प्रमुख झालाई गम्छा , अविर लगाएर सम्मान गरेका थिए , भने अमात्यले खादा ,अविर र मायाको चिनोले झालाई सम्मान गरेका थिए। शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेखले उद्घोषण गरेको कार्यक्रमा विभिन्न संचारमाध्यममा आवद्ध दर्जनौ संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.